विश्वाशान्तीका अग्रदूत भगवान गौतम बुद्धको जन्म इसापूर्व ५६३ म कपिलवस्तु जिल्ला तिलौराकोट अन्तर्गत अती नै सम्रिद्धशाली राज्यमा भएको थियो। त्यस समयमा त्यहाँ शाक्यवंशका राजा शुद्धोधनले राज्य गर्दथे। शुद्धोधनका मायादेवी र प्रजावती नाम गरेका दुई रानीहरु थिए। एक दिन रानी मायादेवीले माइत जाने इच्छा गरेपछी वैशाख पुर्णिमाको दिन सयौँ सुसारेहरुका साथ आफ्नो माइत देवदह प्रस्थान गरिन। गन्तव्य स्थानमा नपुग्दै बिच बाटोमा असाध्यै सौन्दर्यको सुख अनुभुती गर्न प्रवेश गरेको माहारानी मायादेवीको कोखबाट त्यही एउटा सालको व्रिक्षमुनी बत्तिस लक्षणले युक्त पुत्ररत्न पैदा भए। नवजात राजकुमारको नामाकरण गर्न ज्योतिषिहरुलाई निम्त्याइयो। त्यही समय पण्डितहरुले राजालाई विन्ती चढाए "महाराज यो बालक राजापट सम्हाली गृहस्थी जीवन अपनाए चक्रवर्ती राजा हुनेछन।
यदी संसार त्यागेर सन्यास ग्रहण गरे सम्यक सम्बुद्ध हुनेछन।" यसकारण अर्थ सिद्ध गर्ने हुनाले राजाकुमारको नाम सिद्धार्थ कुमार गौतम राखियो।
यदी संसार त्यागेर सन्यास ग्रहण गरे सम्यक सम्बुद्ध हुनेछन।" यसकारण अर्थ सिद्ध गर्ने हुनाले राजाकुमारको नाम सिद्धार्थ कुमार गौतम राखियो।
राजा शुद्धोधनले कुलको मर्यदा पलना गरी उत्तराधिकारीको रुपमा आफ्नो छोरा राजकुमार सिद्धार्थलाई हरेक प्रकारका सांसारिक सुख-सुविधा र वैभवले सम्पन्न गराइ उनको राज्य त्याग्ने विचार देखी टाढा राख्ने कोशीस गरे। दु:खलाग्दो बिषय त के थियो भने सिद्धार्थलाई जन्म दिएको ७ दिनपछी माहारानी मायादेवी परलोक भईन। त्यसपछी राजकुमारको पालन पोषण सानी आमा प्रजावतिको हतबाट सम्पन्न भयो। रानी प्रजावती गौतमी महामायाकी साख्खै बहिनी थिइन। महाराज शुद्धोधनले १६ वर्षको उमेरमा यशोधरादेवी नामकी परम सुन्दरी सुप्रबुद्धकी छोरीसंग इसापुर्व ५४८ मा सिद्धार्थको विवाह सम्पन्न गरिदिए।
एक दिन सारथिका साथ सिद्धर्थ उद्दान घुम्न गए। त्यही बेला उनले चार किसिमका द्रिश्यहरु देखे: १) व्रिद्ध पुरुष, २) रोगी मानिस, ३) म्रितक र ४) भिक्षु। यी द्रिश्यहरुलाई अवलोकन गरेपछी सिद्धार्थ कुमारले गहिरिएर अध्ययन गरे। निर्णयमा पुगिसकेपछी संसारमा जती पनि भौतिक रुपमा उत्पादित वस्तुहरु सबै परिवर्तनशिल र अनित्य रहेछन र यो सुख सुविधामा हलिमुहाली गरी बस्ने संस्कार पनि अनित्य रहेछ। मान्व जीवनलाई अती नजिकबाट हेर्दा रजकुमार सिद्धार्थलाई दरिद्रता, निराशा र दु:खको अतिरिक्त केही पनि प्राप्ती भएन। र रात दिन मानव मात्रको दु:ख दूर गर्ने चिन्तनले सताउन थाल्यो ।
त्यसपछी बहुजनहिताय बहुजन सुखाय र सर्वप्राणीहरुको मुक्तिको लागि गहिरिएर अध्ययन सुरु गर्दा २९ वर्षको उमेरमा सिद्धार्थ राजकुमारलाई राहुल नामक पुत्र प्राप्त भयो र पनि उनलाई कुनै प्रकारको हर्ष र सुखको अनुभव भएन। सुख-शन्ती केवल क्लेश, लोभ र मोहबाट मुक्त भएपछी मात्र हुने भएकाले गृहत्याग गरी शान्ती पथको खोजिमा लाग्ने निश्चित राज्कुमारले गरे। आषाढ पुर्णिमाको दिन मध्यरतको शान्ता बातावरणमा सबै प्रानीहरु आनन्दपुर्वक निदाइरहेको बेला वैवभशाली आफ्नो उत्तरआधिकारी समेत त्यागी महान लक्ष्यले प्रेरित भई बुद्धत्व प्राप्त गर्ने उद्देश्यले कन्थक नामक घोडा चढी राजभवनबाट २९ वर्षको उमेरमा सारथी छन्नकका साथ निस्किए। अनोमा भन्ने नदिको किनरमा पुगेपछी आफ्नो सबै बस्त्र र घोडा छन्नकलाई सुम्पेर आफ्नो कपाल आँफैले खौरी चिख(पहेंलो कपडा) वस्त्र धारण गरी पात्र हातमा लिएर भिक्षु भेष ग्रहण गरे। यस्ता प्रतापी व्यक्तित्व भएका राजकुमार सिद्धार्थले भिक्षु भेष धारण गरेको खबर मगधाधीपती राज बिम्बिसारले थाहा पाइ आफ्नो राज्य राजकुमार सिद्धार्थलाई चढाउने प्रस्तव गरे। तर आफ्नै वैभव र सम्रिद्धशाली शाक्य राज्य छोडि प्रब्रजित भएका राजकुमार सिद्धर्थलाई कुनै प्रकारको सुखभोग , लोभ र मोह थिएन र प्रभावित भएन। त्यसपछी सिद्धार्थ आलार र सद्दकरामपुत्र नामक पण्डितहरुका साथमा बस्दा उनिहरुकै साथ् रहन थाले तर त्यस आश्रममा बस्दा पण्डितहरुको सर्-संगतबाट पनि बोधिज्ञान प्राप्त नहुने हुँदा त्यहबाट पनि उनी हिंडे। उरुबेला वनमा ६ वर्षको कठोर तपस्या गर्दा दिनप्रतिदिन उनको शरीर दुब्लो पातलो हुँदै गयो हाड छाला मात्र बाँकी रह्यो। यो पनि ज्ञान र प्रग्यारहित मार्ग मात्र भएकाले यसबाट कुनै उपलब्धी प्राप्ती नहुने भएकोले शुद्ध आहार गर्न थाले।
एकदिन वैशाख पुर्णिमाको शुभ दिन भिक्षाटन गर्न उरुबेला गाउँ प्रस्थान गरेका सिद्धार्थ भिक्षाटन गर्न समय नभएकोले एउटा वरको रुख मुनी तपस्या गरी बसे । व्रिक्षलाई पूजा गर्न आउने सुजता नामकी केटीले सिद्धर्थलाई वर देउता सम्झी खीर दान गरिन । त्यही रात सिद्धाथले अती राम्रो सपना देखेका थिए। खीर नै सिद्धार्थको अन्तिम भोजन थियो र त्यस दिन उनलाई बोधी ज्ञान प्राप्त हुने सपनाको संकेत थियो। भोजनपछी सिद्धार्थलाई सांच्चै ज्ञान प्राप्त भयो। यसरी वैशाख पुर्णिमाकै दिन ३५ वर्ष को उमेरमा उरुबेला(बुद्धगया)को पिपल बोट(बोधी व्रिक्ष) मुनी बोधिज्ञान हासिल गरी सम्यक सम्बुद्ध भए।
बुद्धत्व प्राप्त भएपछी आफुले प्राप्त गरेको ज्ञान सही छ कि छैन, यसबाट मुक्तीको मार्ग हुन्छ कि हुँदैन भनी सात हप्तासम्म उनले चिन्तन मनन गरिरहे। सात हप्तापछी तपस्सु र भुल्लक नामक दुई व्यापारिहरुले सातु र मह दान गरे। यो बुद्धत्व प्राप्तिपछिको पहिलो भोजन थियो। यी दुई व्यापारील धर्मपदेश गरी दान, शील र भावनाका उपदेशहरु बुद्धले आज्ञा गरेपछी यी व्यापारीहरु बुद्ध धर्मको शरणमा जने प्रथम उपाषक भए। संसारलाई धर्मोपदेश दिएर उद्धार गर्ने महान उद्देश्यले धर्मचक्र प्रवर्तन गर्न आषाढ पुर्णिमाको दिन आफ्नो पुरानो साथी पञ्चवर्गिय भिक्षुहरुलाई आफुले प्राप्त गरेको ज्ञान उपदेश सुनाएर प्रथम पटक धर्मचक्र प्रवर्तन गरे। बुद्धत्व प्राप्त भएपछी गौतम बुद्ध धर्ममा समाहित भए। भगवान बुद्धले अनुयायी, ग्रिहिणी, उपासक, उपासिका , पारीव्रजक, भिक्षु-भिक्षुणी आदिले अपनाउनुपर्ने भिना-भिन्नै नियमहरु बनाइदिए।
अन्तत: भगवान बुद्ध महापरिनिर्वाण हुने निश्चित भएपछी इसापुर्व ४८३ मा कुशिनगरको उविर्तन नामक वनमा दुईवटा सालको व्रिक्ष मुनी ८० वर्षको उमेरमा महापरिनिर्वाण(मोक्ष) प्राप्ती भयो।
-सिङमान (ख्युङ्बा) तामाङ(बुद्धको मानवतावादी उपदेश) पुस्तकबाट साभार
