हृदयलाई खुल्ला पार्नु

निस्वार्थिपना वा अरुप्रती समर्पण 
अझसम्म आध्यात्मिक पथलाई हाम्रो आफ्नै पूर्णताको भावमा वर्णन गरिएको छ। इच्छित वस्तुहरुबारे उद्देश्य राख्ने हाम्रो बानी परेको विधिले हामीलाई निर्नतरको असन्तुष्टिको चक्रभित्र जकडेर राखेको हुन्छ भन्ने कुरालाई हामीले महसुस गरेपछी हामी झन झन बढी हामी हुनुको एउटा गहन स्तरलाई कृयाशिल पार्न उत्प्रेरित हुन्छौँ। हाम्रो दुद्देश्य परिवर्तनशिल अवस्थाहरुद्धारा जखजमजिने तथा समय गुज्रदं जांदा त्यसबाट अप्रभावित रहने  स्थिर विश्वसनिय प्रकारको शान्ती र खुशीको अनुभव गर्नु हो।
तर असन्तुष्टी र त्रिष्णाको निराशाजनक चक्रबाट छुटकारा विजयको त्रिष्णाक यस् उच्च त्रिष्णा समेत अपुरो नै छ। किन? किन कि प्राथमिक रुपले यो हाम्रो आफ्नै कल्याणसँग मात्रा सम्बन्धित छ। 

पहिले शायद हाम्रो लोभ ऐन्द्रिक वस्तुहरु प्राप्तिमा मात्र सिमित थिए भने अहिले त्यागको केही मात्रामा भेको बिकासद्धारा तिनिहरु हाम्रो गहनतम सार्गर्भ सिद्ध गर्नेतर्फ मोडिएका छन। "म यो चाहन्छु, म त्यो चाहन्न" भन्ने जस्ता जोड अझै पनि रहन्छ। 

हाम्रो आफ्नो मात्र खुशी तथा हाम्रो आफ्नो मात्र निर्वाणको यो साँगुरो सरोकारले हामीलाई हाम्रो मानव मन र मानव हृदयको गहन सारगर्भलाई सिद्धी गर्न असम्भव बनाउँछ। यस्तो आम्त्मकेन्द्रित सरोकारले हामीसँग जीवनका समस्याहरु सहभाग गर्ने असंख्य अरु प्रानीहरुको कल्याण बाहेक एउटा प्राणी हाम्रो आफ्नो मात्र कल्यणलाई महत्व दिन्छ। यो अती सिमित दृष्‍टिकोणले अवश्यंभावीरुपले हाम्रो हृदयलाई बन्द गराँछ। त्यसपछी हामीले सचेत भएर नै त्यसो नभने पनि यो हामीले "संसारमा म सबैभन्दा महत्वपूर्ण व्यक्ती हुँ। अरुको समस्याहरुसँग मेरो कुनै सरोकार छैन, मेरो आफ्नै खुशीसँग मात्र मेरो सेरोफेरो छ" भन्ने अनुभव गरेजस्तै हुन्छ। 

हामी त्यती कडाइकासाथ आफ्नो आस्थायी वा अन्तिम जे भए पनि त्यस खुशीसँग मात्रा केन्द्रित भएसम्म हामीले खुला हृदयको विस्तारलाई वास्तवीक रुअप्ले कहिले पनि अनुभव गर्ने छैनौँ। पूर्णताको सम्यक सम्बोधिको सम्पूर्ण दृष्‍टिलाई प्राप्त गर्ने एक मात्र विधी हामी आँफैलाई यस साँघुरो, आत्म प्रव्रितिको सिमाबन्धन्बाट आँफैलाई मुक्त गर्नुपर्छ। विगतका उच्च बिकास गरेका सबै पुरुष र स्त्रिहरुको उपदेशहरुमा यो स्पष्टसँग भनिएको छ कि मनको यो साँघुरो र आत्म स्नेही बानिले हामीलाई आध्यात्मिक उकुसमुकुस बाहेक केही पनि ल्याउँदैन। यदी हामीले वास्तवमा नै हाम्रो उच्चतम सारगर्भलाई प्राप्त गर्न चाहन्छौँ भने वा यदी हाम्रो दैनिक जीवनअको सांसारिक सन्तुष्टी मात्र भए पनि प्राप्त गर्न चाहन्छौ भने हामीले यस आत्म स्नेही प्रव्रितीलाई पराजित गर्नुपर्छ र हामी आँफैलाई अरुको कल्याणको लागि सम्भव भएसम्म समर्पण गर्नुपर्दछ। एउटा पूर्णतया खुला हृदय प्राप्त गर्नका लागि यो एक मात्र विधी हो। चिरकालिन खुशी अनुभव प्राप्त गर्नका लागि एक मात्र विधी हो। 

समर्पन गर्नु भनेको सरल अर्थमा यो हो कि आफुभित्र सकरात्मक उर्जाको निश्चित बातावरण उत्पन्न गरेर तपाईंले यस् खुशीलाई अरुसँग सम्भव भएसम्म सहभाग गर्ने निश्चय गर्नुपर्छ। बौद्ध मनोविज्ञानक अनुसार यदी तपाईंको किही हदसम्म समर्पित हृदय छैन भने तपाईं कहिले पनि पूर्णतया सन्तुष्ट हुनुहुन्न। बरु तपाईं पट्याइ लागेको वा असहाय हुनुहुनेछ। प्रथम पन्छेन लामाले आफ्नो तान्त्रिक ग्रन्थ "आध्यात्मिक गुरुलाई चाडहाउने" मा भन्नुभए अनुसार "आत्मस्नेह सम्पूर्ण दु:ख र असन्तुष्टिको करण हो भने सम्पूर्ण चेतन्शिल माता प्रानीहरुलाई आफुलाई भन्दा बढी माया गर्नु सम्पूर्ण ज्ञान तथा सिद्धिहरुको जग हो। त्यसकारण मेरो आत्मस्नेहलाई अरु सबैको सरोकारतर्फ परिवर्तन गर्न प्रेरणा मलाई दिनुहोस्।" यो कुनै जटिल दर्शनिक सिद्धान्त नभएर ज्यादै सरल भनाइ हो। हाम्रा सम्पूर्ण अन्यौल तथा निराशाहरुको करण हाम्रो आत्म स्नेह हो कि होइन भनेर हेर्नका लागि हामीले गर्नुपर्ने कुर के हो भने हामीले हाम्रो जीवनको अनुभवलाई हेर्नुपर्छ। 

शाक्यमुनी बुद्धले आफ्नो जीवनलाई के गर्नुभयो भनेर राम्ररी हेर्न पन्छेन लामा सल्लाह दिनुहुन्छ। वहाँले आफ्नो सम्पूर्ण आत्मनुरागहरुलाई छड्नुभयो। वहाँले आफुलाई अरुको कल्यानको लागि पूर्णरुपले समर्पन गर्नुभयो। र त्यसको पारीणाम स्वरुप पूर्णताको सम्यक सम्बोधीको अतुलनिय परम सुख प्राप्त गर्नुभयो। त्यसपछी हामी अफुलाई हेरौ। हामी, म र मद्धारा लप्पट भएका छौँ। तर हामीले प्राप्त गरेको एउटा मात्र कुरा अन्त्यहिन दु:ख र असन्तुष्ती हो। यो ज्यादै सरल, सोझो तुलना हो र यसले इङगित गरेको सत्यतालाई हेर्नका लागि हामीले पन्छेन लामा वा अरु कसैमाथिको प्रमाणअको भर पर्नु पर्दैन। हामीलाई आवश्यक पर्ने प्रमाणहरु हाम्रो आफ्नै जीवनमा र अरुको जीवनहरुमा नै उपलबध छन। सावधानीपुर्वक जाँच गर्नुहोस् र यो स्पष्ट हुन्छ कि साँघुरो स्वार्थिपनाले हामीलाई जहिले पनि असन्तुष्टितर्फ डोर्याउँछ। र यो पनि सपष्ट छ कि खुल्ला हृदयले अरुप्रती समर्पीत हुनाले खुशी र असल भएको अनुभव हुन्छ।   

-बौद्धतन्त्रको परिचयबाट
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।