![]() | ||
|
हामीले ताम्सालिङ्का बारेमा धेरै कुरा सुनेका छौँ। हामीले ताम्सालिङ पनि भन्दै आएका छौँ। अहिले ताम्सालिङ जबर्जस्त शब्द भनेर आएकोछ। यो चर्चाको बिषय पनि बन्दै आएकोछ। हेरेक कुरा केले नौलो बनाउंदो रहेछ, केले प्रिय बनाउँदो रहेछ भन्ने कुरा त्यसमा कती अनुराग छ। त्यसमा मान्छेहरुको सम्बन्ध कती जोडीएकोछ।
त्यो कती जोडदार ढंगले उजागर गरिएकोछ, त्यो कुराले निर्धारण गर्दो रहेछ। अहिले ताम्सालिङको आन्दोलनले 'ताम्सालीङ'लाई स्थापित गरेकोछ। 'ताम्सालीङ' भनेको तामाङ शब्द हो, यो सबैले बुझेको कुरा हो। यो तीन वटा स्वतन्त्र अर्थहरु भनेको शब्द हो। 'ताम' भनेको तामाङ्लाई बुझाउने छोटो रुप हो। 'ताम' भनेको भाषा पनि हुन्छ। बोली पनि हुन्छ। विषयवस्तु भन्ने पनि हुन्छ। 'सा' भनेको चाहीँ जमिन पनि हुन्छ। भुमी पनि हुन्छ र माटो पनि हुन्छ। बुझ्दै जांदा 'सा' भनेको धरातल भन्ने पनि हुन्छ। धरातल नभेको मान्छे धेरै कराउँछ भन्ने भनाइ पनि हामीले सुन्ने गरेका छौँ। 'लीङ' भेनेको भुमिको खण्ड, क्षेत्र र प्रदेश भन्ने हुन्छ। ताम्सालीङ भनेको तामाङ म्हिकादेला सालीङ भन्ने अर्थ लाग्छ। अथवा तामाङ जातिको भुमी क्षेत्र हो। तामाङ सालीङ्बाट ताम्सालीङ भेको हो। भाषाहरुको चरित्र कस्तो हुन्छ भने गह्रुङगो रुपबाट हलुको रुपमा पारीणत हुँदै जान्छ। त्यसैले छिटो-छरितो, धेरैभन्दा धेरै प्रयोग हुँदै जाने क्रममा 'तामाङ सालीङ' 'ताम्सालीङ' भएको हो। 'ताम्सालीङ' शब्द यसरी बन्यो।
तर पछी विद्धानहरुले पनि यो शब्द उत्पत्ती पछी बनेको हो भन्ने तर्क अघी सारेको पाईन्छ। केही तामाङ विद्धानहरुले नै यस्तो लेखेको पाएँ। कहिले-काहीँ विद्धानहरु पनि दिग्भ्रमित हुने गर्छ। तर विद्धानहरुलाई आन्दोलनकारीहरुले पछी पारी दिएका छन। यो ताम्सालीङ संयुक्त सङ्घर्ष समितिले बनाएको होइन, ताम्सालिङ दलले बनाएको पनि होइन। नेपाल तामाङ घेदुङ्ले छैटौँ महाधिवेशनमा देसभारी उर्दी जारी गरेपछी प्रचलनमा आएको पनि होइन। एउटा विद्धानले कागजमा लेखिदिएपछी आएको पनि होइन। यो त मुक्ती मोर्चाले बनाएको पनि होइन। यो ताम्सालीङ भन्ने शब्द ताम्बाले उहिलेदेखी नै भन्दै आएको पो हो त। यो शब्दलाई नेपाल तामाङ घेदुङ्ले प्रयोगमा ल्यायो। यसैगरी काठमान्डुमा भएको पहिलो अन्तरराष्ट्रिय सम्मेलनले सार्वजनिक रुपमा उल्लेख गर्ने काम पनि भयो। यस्ता कुराहरु हुँदा हुँदै घामलाई छेकेर सबै अंध्यारो छ भन्ने भ्रम देने प्रयत्न हाम्रै तामाङ विद्धानहरुले गर्न खोजिरहेका छन। यो ताम्सालीङ शब्द हाम्रो ह्युल र ह्युल्बाले हिजैदेखी प्रचलनमा ल्याएको शब्द हो।
अब ताम्सालीङ भनेको कहाँ हुन्छ? जहाँ तामाङको बाहुल्यता हुन्छ, त्यो ताम्सालीङ हो। ताम्सालीङ पुर्वान्चलम पनि हुन सक्छ, पश्चिमाञ्चलमा पनि हुनसक्छ। जहाँ तामाङको बस्ती छ, रिमठीम छ, त्यहाँ ताम्सालीङ हुन्छ। यसैले काठमान्डौ वरीपरिका १० वटा जिल्लामा मात्र ताम्सालिङ हुन्छ भन्ने होइन। ताम्सालीङ देसभारी नै हुन सक्छ। ताम्सालीङ्लाई मुख्यतया हामीले तीन ढंगले हेर्नुपर्छ। अझै छोटोमा दुई रुपमा हेर्नुपर्छ। भुगोल आधरित ताम्सालीङ। साँस्कृतिक आधारित ताम्सालीङ। गैर भौगोलिक स्वायत्ततालाई पनि ताम्सालीङ भनिन्छ। भुगोल केन्द्रितलाई पनि ताम्सालीङ भनिछ। उदाहरणका लागि भोजपुरमा धेरै तामाङ हुनुहुन्छ। तर भुगोलमा केन्द्रित हुनुहुन्न। भुगोल केन्द्रित नभएको कारणले त्यहाँ ताम्सालिङ छैन भन्ने हुन्छ। त्यहाँ छरिएर रहेको भए पनि साँस्कृतिक स्वायत्तता पाउने भएकोले ताम्सालीङ बन्न सक्तछ। यसैले ताम्सालीङको दुइवटा रुप छ। यसैले पनि हामीले देशैभरी ताम्सालीङ हुनसक्छ भनेका हौँ। बुझ्नुपर्ने कुरा के हो भने राज्यस्तरको ताम्सालीङ चाँहीँ प्रस्तावित १० वटा जिल्लाभित्र हुन्छ। र त्यो भन्दा तल स्थानिय ईलाकाको रुपमा देसभरी पनि हुन सक्छ।
ताम्सालीङ्को विशिष्ट अर्थको कुरा गरौँ ताम्सालीङ्को अर्थ सांस्कृतिक तामाङ भूखण्ड भन्ने मात्र होइन, राजनीतिक तामाङ भूखण्ड पनि हो। यसैले हामीले राजनीतिक तामाङ बाहुल्य भूखण्ड भन्ने बुझ्नुपर्ने हुन्छ। विशिष्ट अर्थमा यसलाई अर्थ्याउने हो भने आत्मा निर्णयको अधिकार सहित तामाङ स्वायत्त प्रदेश भन्ने हुन्छ।
ताम्सालीङको भौगोलीक संरचना:
हामीले काठमान्डु उपत्यका वरीपरिका १० वटा जिल्ला(रशुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली)हरुलाई ताम्सालीङको रुपमा प्रस्तावित गरेका छौँ। यसैगरी ललितपुरको १३ गाविस, भक्तपुरको २ गाविस र काठमान्डुको ८ वटा गाविसलाई पनि तामाङ बाहुल्यता भएकोले ताम्सालीङमा राखिनुपर्ने हाम्रो प्रस्तव छ। यसैगरी पुर्वमा दुधकोशी र कमला नदी, पश्चिममा नारायणी र बुढीगण्डकी, दक्षिणमा महेन्द्र राजमार्ग, उत्तरमा केरुङसम्मको चार किल्लाको भुमी हाम्रो हो। जुन १० वटा जिल्लासँग जोडीएकोछ। यो भुमिको स्वायत्तता हाम्रो हुन्छ। स्व-बिकासको काम हामी आँफैँ गर्छौँ। आत्मनिर्णयको अधिकार प्रयोग गरी हामी बिकास गर्छौँ। यसैले यो बेलामा ताम्सालीङ्को आन्दोलनलाई घनिभूत ढँगले उठाउनु नितान्त जरुरी छ।
