बुद्धको जन्मस्थान र पारिवारिक जीवन

१) जन्मस्थान: कपिलवस्तु, तिलौराकोट, लुम्बिनी नेपाल। 
२) बाराजु: जयसेन 
३) बाजे: सिंह हनु 
४) बज्यै: कन्चन 
५) माता: महारानी मायादेवी 
६) पिता: महाराजा शुद्धोधन 
७) कान्छीआमा: महारानी प्रजावती गौतमी 
८) पत्नी: यस्होधरादेवी  
९) छोरा: राहुल 
१०) गोत्र: गौतम 
११) कुल: शाक्य 
१२) वंशज: सुर्यवंशी 
१३) मावली: देवदह 
१४) ससुराली: देवदह 
१५) विहिवार: आमाको गर्भमा प्रवेश 
१६) शुद्धोधन ५७ वर्षको उमेर हुँदा सिद्धर्थ कुमार गौतमको जन्म शुक्रबारको दिन इसापूर्व ५६३ भएको थियो। 
१७) सिद्धार्थकुमार गौतम जन्मिने बित्तिकै ७ पाइला हिंडेका थिए। 
१८) महाराजा शुद्धोधन्द्धारा विवाह गरेको २० वर्षपछी सिद्धार्थकुमारको जन्म भएको थियो। 
१९) सिद्धार्थकुमार जन्मेको ७ दिनमै आमा महारानी मायादेवी परलोक भएकी थीइन्। 
२०) सिद्धार्थकुमारको नामाकरणका दिन ८ जना ब्राह्मणहरु द्धारा उनलाई भविष्यमा बुद्ध हुन्चन भनी भविष्यवाणी गरेका थिए। 
२१) सर्व अर्थ सिद्ध गर्ने हुनाले उनलाई सर्वार्थ सिद्ध सिद्धार्थ कुमार भनियो। 
२२) सिद्धार्थकुमारको सक्खै दाजुभाइ कोही छैनन। 
२३) कान्छी आमा महारानी प्रजावतिले सिद्धार्तकुमारलाई पालन पोषण गरी हुर्काएकी थिइन्। 
२४) सिद्धार्थकुमारको विवाह १६ वर्षको उमेरमा इसापुर्व ५४७ मा यसोधरा देवीसँग भएको थियो। 
२५) यसोधरादेवी पनि त्यो बेला १६ वर्षकै थिइन। 
२६) सिद्धर्थकुमार २९ वर्षको हुँदा छोरा राहुल कुमारको जन्म भएको थियो। 
२७) सिद्धार्थकुमार गौतम २९ वर्षको उमेर हुँदा सोमबारको दिन इसापुर्व ५३४ मा बहुजन हिताय, बहुजन सुखाय र सर्वप्रानीहरुको कल्याणका निम्ती गृह त्याग गरेका थिए। 
२८) सिद्धर्थकुमारले छोरा राहुल जन्मेको ७ दिनपछी गृह त्याग गरेका थिए। 
२९) सिद्धर्थ कुमार गौतमले इसापुर्व ५३४ मा गृहत्याग गरेको बेला उनी चढेर गएको घोडाको नाम थियो कन्थक र उनिसँगै जाने सारथिको नाम थियो छन्नक। 
३०) सिद्धार्थकुमार गृहत्यागपछी अनोमा नदिको किनारमा गई आफ्नो केश आँफैले काटी प्रव्रजित भएका थिए। 
३१) सिद्धार्थकुमार प्रव्रजित भईसकेप्छी उनको केश दुई अङ्गुल जती बाँकी रह्यो तर त्यो केश कहिले काट्नु परेको थिएन। 
३२) सिद्धार्थकुमार गौतमद्धारा अलौकिक आध्यात्मिक अभ्यास भारतको बुद्धगयामा गरेका थिए। 
३३) सिद्धार्थकुमार गौतमद्धारा ६ वर्षको कठोर आध्यात्मिक अभ्यासपछी ३६ वर्षको उमेरमा बुधवारका दिन इसापुर्व ५२८ मा बुद्धज्ञान प्राप्त गरेका थिए। 
३४) सिद्धार्थकुमार गौतमद्धारा प्रथम धर्मचक्र प्रवर्तन शनिबारको दिन भारतको सारनाथमा ५ जना गृहत्यागिहरुको उपस्थितिमा गरेका थिए। जसमा: क) कौण्डन्या, ख) वप्प, ग) भद्धिय, घ) महानाम, ङ) अश्वजित थिए। 
३५) सिद्धार्थकुमार गौतमले तपस्या गरेको पिपलको रुखलाई बोधिव्रीक्ष भनिन्छ। 
३६) सिद्धार्थकुमार गौतमलाई बोधिज्ञान प्राप्त गरेपछी बुद्धलाई सर्वप्रथम भोजन दान दिनेहरुमा दुइजना दाजुभाइहरु थिए। उनिहरुको नामा तपस्सु र भल्लुक थियो। 
३७) सिद्धार्थकुमार गौतम बुद्धलाई खिर खान दिने प्रथम महिला सुजाता थिइन र बुद्धको शरणमा जाने पहिलो उपाशिका पनि उनी नै भईन। 
३८) सिद्धार्थकुमार गौतम बुद्धसँग अंश माग्न आउने एउटै व्यक्ती थिए ती हुन-उनकै ७ वर्षीय छोरा राहुलकुमार। 
३९) बुद्ध कालमार सबभन्दा पहिले भिक्षुणी हुने बुद्धकी कान्छी आमा प्रजावती गौतमी थिइन। 
४०) सिद्धार्थकुमार गौतम बुद्धकी आमा मायादेवी आफ्नै सौता प्रजावती गौतमिकी साख्खै दिदी थिइन। 
४१) सिद्धार्थकुमार गौतम बुद्धकी कान्छी आमा प्रजावती गौतमी ८० वर्षको उमेरमा भिखुणी भएकी थिइन। 
४२) प्रजावती गौतमी १२० वर्षको उमेरमा परलोक भईन। त्यतिबेला बुद्ध स्वयम ८० वर्ष पुगेका थिए। 
४३) सिद्धार्थकुमार गौतम बुद्ध आफ्नी कान्छी आमाको परलोक हुँदा स्वयम मलामी गएका थिए। 
४४) महाराजा शुद्धोधनको जन्म इसापुर्व ६२० मा पिता सिंहहनु र माता कन्चनको कोखबाट भएको थियो। 
४५) सिद्धार्थकुमार गौतम बुद्धले बोधिज्ञान प्राप्त गरेको ५ वर्षपछी अर्थात ९८ वर्षको उमेरमा महाराजा शुद्धोधनको परलोक भएको थियो। 
४६) सिद्धार्थकुमार गौतम बुद्ध ८० वर्षको उमेर हुँदा मङ्गलबारका दिन इसापुर्व ४८३ मा कुशिनगरको रमणिय जङ्गलमा दुइवटा साल व्रिक्षका मुनी ५०० भिक्षुहरुको उपस्थितिमा महापरिनिर्वाण प्राप्त गरे। 
४७) सिद्धार्थकुमार गौतम बुद्ध महापरिनिर्वाण भएको एक हप्तापछी आईतवारका दिन दाहसंस्कार सम्पन्न भएको थियो।   

-सिङमान (ख्युङ्बा) तामामङ (बुद्धको मानवतावादी उपदेश) पुस्तकबाट सभार गरिएको।
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।