आजभन्दा २५५४ वर्ष अघी एउटा सम्रिद्धशाली राजखान्दानमा जन्म लिएको एउटा राजकुमार। जो अत्यन्तै वैभवले सम्पन्न हुँदाहुँदै, भौतिक सुबिधाको त्यो स्वर्गिय उपलब्धतामा कहिल्यै रमाउन सकेन। जसले सम्पूर्ण प्राणिको जगतको मुक्ती, शान्ती र समानताको मार्गको खोजी गर्न सम्पूर्ण राज्यभोग र परिवार छोडि अननत यात्रामा समाहित भए। र आखिर बुद्धत्व प्राप्त गरी छाडे। अनी शान्तीको सुत्र प्रतिपादन गरी बुद्धत्व प्राप्त गरे।
हो तिनै राजकुमार सिद्धार्थबाट बुद्ध बन्न सफल व्यक्तिको जन्म हाम्रै पवित्र भुमी नेपालको लुम्बिनिमा भेको थियो। जसले संसारलाई शान्तिको ज्योति प्रदान गर्न सफल भए। तिनै बुद्धको देसको नागरिक भन्न पाउँदा हामी जो कोहिको छाती गर्वले फुल्ने गर्दछ। आज उही महामनव गौतम बुद्धको जन्म जयन्तिको उपलक्ष्यमा विश्वमा शान्ती, अमन चयन र सम्पूर्ण प्राणिको मुक्ती होस्। यही कामना गर्दछु "ओम म्हानी पेमे हुँ"।अज बुद्ध जयन्ती। सबैजना हर्षोल्लासका साथ मनाउदैछन। मनाउनुपर्दछ। तर यहाँ एकदमै दुख्लाग्दो कुर के छ भने हामी भन्छौँ बुद्ध नेपालमा जन्मेको। तर अरु विश्वले बुझेकोछ अर्कै त्यो के भने बुद्ध भारतमा जन्मेको भन्ने कुरा प्राय: अहिले विश्वमा नै फैलिसकेको अवस्थाछ। आज तपाईं हामी हाम्रो सिमाना भन्दा बहिर विश्वमा यसो नजर डुलाउने हो भने बुद्ध भारतमा जन्मेको भन्ने सुचना जताततै फिंजिएको पाईन्छ। ईन्टरनेटदेखी लिएर आम संचारका माध्यम, पुस्तक, चल्चित्र र व्रित्तचित्र आदी अनी अब त कतिपय विश्वविध्यालयहरुले आफ्नो पाठ्यक्र्ममा नै त्यो कुरा समेटिन थाललीसकेको छ। अनी यो सब कुराबाट अनविज्ञ भएर हामी चै मख्ख परेर हामी त बुद्धको देशको नागरिक भन्दै बसेका छौँ। हाम्रै अगाडि कसरी हाकाहाकी हाम्रो बुद्ध खोसिंदैछ भन्ने कुरो हामी अझै बुझ्न सकिरहेका छैनौँ। सम्पूर्ण ऐतिहासिक प्रमाणहरु हुंदाहुँदै यो सब किन भाईरहेकोछ। यो गम्भिर प्रश्न तपाईं हाम्रो सामु खडा भएकोछ। यसको प्रतिपाद किन भईरहेको छैन हामी मुकदर्शक बनेर टुलुटुलु हेर्न किन विवश छौँ यो सब नाटक। यो कुरो अब हामीले सोच्नै पर्दछ।
कारणहरु धेरै हुन सक्छन। तीमध्ये जहाँ बुद्ध जन्मे अनी बुद्ध धर्म शान्तिको धर्मको प्रतिपादन गरे त्यही देशमा यसको कहिले सम्मान भएको पाइंदैन। बुद्ध धर्म र बुद्ध धर्मअवलम्विहरुलाई जहिले यहाँ हेयको दृष्टिकोणले हेरियो। राज्यको यो व्यवहारको सिकार भयो बुद्ध धार्मिक महत्वका सम्पदा र बुद्ध धर्मअवलम्बिहरु। फलस्वरुप आज यो दिनको सामना गर्नुपरेकोछ। राज्यले बुद्ध धर्मका सम्पदाहरुको संरक्षण र सम्बर्द्धन गर्न अहिलेसम्म कुनै पनि ठोस् कार्य गरेको पाइंदैन। आज देशमा जती पनि बौद्ध धार्मिक सम्पदा, गुम्बा, स्तुपाहरु बनेकाछन प्राय सरकारको सहयोग विना नै व्यक्तिगत वा सँस्थागत र बहिर देशका बौद्ध धर्मअवलम्बिहरुको सहयोगले निर्माण भएको हो। यहाँनिर यो भन्न अत्युती नहोला कि भारतले बुद्धको जन्म त्यहा भएको दावी गर्नु स्वभाविक पनि हो। यो अर्थमा कि उनिहरु हिन्दू राज्य भईकन पनि कमसेकम बौद्ध धार्मिक सम्पदाहरुको संरक्षण राम्रोसँग गरेकोछ। त्यहाँ धेरै बौद्ध विश्वविध्यालयहरु समेत रहेकोछ। तर खोइ हाम्रो नेपालमा? छ केही यहाँ? छन त केवल त्यही पुराना प्रमाणहरु सम्पदाहरुछन। तर खोइ त्यसको संरक्षण? यो राज्यले कहिले बुद्ध धर्मको संरक्षणमा आवाज उठाएको पाउँछौँ त हामी? अहँ, उल्टो यहाँ त बुद्ध धर्मको संरक्षण कर्ताहरु माथि प्रहार हुन्छ षड्यन्त्र हुन्छ। जो जापानी भिक्षु युनाताका नावातामेको कसरी निर्मम हत्या गरियो। जो नेपालमा बौद्ध सम्पदा बनाउन र संरक्षण गर्न आएका थिए। यो देशको यो हविगत छ अनी भारतले किन नगरोस दावी। धमिलो पानीमा माछा मार्न त उ पनि सिपालु छ। भनाइको तात्पर्य के भने हाम्रो सरकार कुनै ठोस् कदम विना टुलुटुलु र कुनै मतलव नै नगरि बसेपछी भारतले यो दावी गर्ने कुरामा झन बल पुगेको देखिन्छ। त्यसैले अब तपाईं हामी बौद्ध मार्गिहरुले यो कदम उठाउन एकदमै आवश्यक भईसकेको छ। तपाईं हामीले विश्वासामु यो यो भ्रम चिर्नु पर्दछ। साथै हाम्रो राज्य ववस्थाको यो सौतेनी व्यवहार सच्याउन र बौद्ध धर्म, सम्पदाको उचित संरक्षण र सम्बर्द्धन गर्न राज्य पक्षलाई जोडदार दवाव श्रीजना गर्नु आजको टडकारो आवश्यकता भएकोछ। आज विश्वभरी यती धेरै संख्यामा बौद्ध मार्गिहरु छन। र तिनिहरु बुद्ध धर्म को प्रतिपादक कहाँका थिए भन्नेमा भ्रममा पारीरहेका छन। यो भ्रम्लाई चिर्दै। सम्पूर्ण बौद्धमार्गिलाई जीवन एकचोटी आफ्नो धर्मका प्रभार्तको जन्मभुमी भ्रमण गर्न आह्वान र प्रोत्साहन दिन सके नेपालको पर्यटन क्षेत्र फास्टाउन सजिलो र देश र जनताको बिकासमा मूल भूमिका खेल्न सकिन्छ। त्यसैले अब सबै नेपालीको ध्यान त्यतातिर जानु एकदमै खाचो भईसकेकोछ। हाम्रो आवाजलाई एक ठाउँ पारी भारतले जुन दुस्प्रयास गर्दैछ त्यसको पर्दाफास र हाम्रो लुम्बिनी बचाउ अभियानमा सबै जना समाहित हुनु आवश्यक छ। थुजेछे।