-B B LAMA छिरिङ योन्जन
इजरायलको अत्नयन्तै व्यस्त शहर मानिने तेलअभिवको लेवन्स्की मार्ग अवस्थित चिल्ड्रेन पार्कमा २५५४औ वुद्द जयन्ती भव्यताका साथ सम्पन्न भएको छ ।
शान्तिका अग्रदुत, अहिंसाका प्रतीक भगवान गौतम वुद्दको प्रतिमामा वुद्द धर्मालम्वीहरुद्वारा पूजापाठ गरी बत्ति बालेर सुभारम्भ गरिएको उक्त कार्यक्रम शेर्पा किदुक, इजरायल र नेपाल तामाङ समाज, इजरायलको संयुक्त आयोजनामा गरिएको थियो भने ह्यलम्वु समाज, इजरायल र तमु (गुरुङ) समाज इजरायलको पनि सहयोग रहेको जनाइएको छ ।

नेपाली राजदुतावास, इजरायलका अटाचे थानप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल तामाङ समाज,इजरायलका महासचिव श्याम लामाले नेपाल हाल असहज राजनितिक परिस्थितीबाट गुज्रिरहेको अवस्थामा भगवानको गौतम वुद्दको सन्देश मध्येको एक रहेको एक आपसमा मैत्री, करुणाको भावना फैलाउने भन्ने सन्दर्भमा उहाँले उक्त उपदेश बमोजिम सम्पूर्ण नेपालीहरुलाई मैत्री, करुणाको भावनाले ओतप्रेत गराउन सकोस् भन्ने हार्दिक
सुभेच्छा प्रकट गर्नुभएको थियो ।
सुभेच्छा प्रकट गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली समाज, इजरायलका अध्यक्ष नविन गिरीले संसारकै पुन्य भूमी इजरायलमा गौतम वुद्दको पुजा आरधना गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण व्यक्तिहरुमा सतमार्गमा लाग्नको निम्ति अनुरोध
गर्नुभयो । कार्यक्रमका संयोजक नेपाल तामाङ समाज इजरायलका अध्यक्ष वि. वि छिरिङ लामाले २५५४ औ वुद्द जयन्ती नेपालबाट बैदेशिक रोजगारीकोलागि इजरायल प्रबेश गरेका वौद्द धर्मालम्वीहरुबाट एकैसाथ मनाउने सोंच गरिएपनि कार्य व्यस्तताको कारणले गर्दा एउटै मञ्चमा आएर कार्यक्रम संचालन गर्न नसकिएकोले दुख व्यक्त गर्दै आगामी बर्षहरुमा सकेसम्मएउटै मञ्चमा मनाउनको निम्ती पहल गर्ने बताउनु भयो । मन्तव्यको क्रममा उहाँले वुद्द धर्मालम्वीहरुद्वारा वुद्दिष्ट फाउन्डेसनको स्थापना गरी गुम्बाको निर्माण गरी प्रतिमा स्थापना गर्ने सोंच बनाइएको हुँदा सम्पूर्ण वुद्द धर्मालम्वीहरुबाट सहयोगगो अपेक्षा गर्दै भगवान गौतम वुद्दको चिनारीलाई विश्वभर फैलाउनको निम्ती अग्रसर हुने र आगामी बर्ष वुद्द जयन्ती
अझ बृहत र व्यवस्थित रुपमा मनाउने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी दुताबासका अटाचे थान प्रसाद शर्माले नेपालमा जन्म लिएर विश्वभर शान्ति सन्देश फैलाउन सफल भगवान गौतम वुद्दको जन्म जयन्तीको योपावन घडिमा उहाँको व्यक्तिगत तथा दुतावासको तर्फाट शुभकामना व्यक्तगर्नुभएको थियो । उहाँले आगामी दिनमा वुद्दको सन्देशलाई अनुसरण गर्दै देशको तरल राजनितिक अवस्थाबाट नेपाली जनताले मुक्ति पाउने विश्वास व्यक्तगर्नुभयो ।कार्यक्रमको समापन गर्नुहँदै शेर्पा किदुक इजरायलका अध्यक्ष तथा कार्यक्रम आयोजक कमिटीका संयोजक तेन्जीङ शेर्पाले उपस्थित सबैमा धन्यबादसहित शुभकामना व्यक्त गर्नुहुँदै राजदुताबासप्रति गुनासो व्यक्त गर्नुभएको छ। उहाँले नेपाली समुदायद्वारा संचालित कुनैपनि कार्यक्रममा स्वयं महामहिमराजदुतको अनुपस्थिती रहनु, राजदुतावासले आय़ोजना गर्ने गरेको कुनैपनिकार्यक्रममा पनि जनजातीहरुको प्रतिनिधित्व गर्ने सामाजिक संघ संस्थाहरुलाई नबोलाइनुले राजदुताबासले आफूहरुप्रति उपेक्षा गरेको हो की भन्ने शंकाव्यक्त गर्नुभयो । उहाँले मन्तव्यको क्रममा अविभावकको रुपमा रहेको नेपालीराजदुतावासले हालसम्म नेपाली समुदायबीचमा आएर दुताबासले कसरी कार्यक्रम संचालन गरिरहेको छ सो विषयको समेत कुनैपनि नेपाली समुदाय, व्यक्ती वा संघ
संस्थालाई जानकारी उपलव्ध गराउन नसक्नु र नेपाली समुदायहरुले नै राखेको मागप्रति वेवास्ता गरिनुले आम कामदारहरुको मनस्थितीमा दुतावासप्रति वितृष्णा जगाएको हो की भन्ने आशंका पैदा भएको बताउनुभयो । उहाँले वुद्द धर्मको संरक्षण गर्दै देशको शान्तिको लागिशुभकामना व्यक्त गर्नुभयो ।
उल्लेख्य नेपाली तथा वुद्द धर्मालम्वीहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन नेपाल तामाङ समाजकी लक्ष्मी लामाले गर्नुभएको थियो । कार्यक्रमको अन्तमाउपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो ।