भगवान बुद्ध र विज्ञानको सिद्धान्त

निर्वाणा सौन्द्रया मार्ग
डुक्पा रिन्पोछे
विज्ञानको नयाँ नयाँ आविष्कारस्वरुप अहिलेका मानिसहरु धेरै ज्ञानी, विद्वान र सभ्य भैसकेका छन् । यस युगमा विज्ञानको चमत्कार द्वारा दिन प्रति दिन प्रगति भैरहेको कारणले धर्मलाई अन्धविस्स्वास भन्दछन्, बिशेषगरी बौद्ध धर्मलाई अन्धविस्वास भन्नु ठुलो भूल साथै मूखर्ता पनि हो। भगवान बुद्धको सिद्धान्त अनुसार धर्मको परिभाषा यस प्रकारका छन् । साधारण प्रकारले धर्मं भनेको समाउनु हो ।
के समाउनु भन्ने प्रश्न गर्दा दुख र कष्टमा परेका प्राणीहरुलाई समाएर , मद्दत गर्ने वा कुनै उत्तम उपाय द्वारा उद्दार गर्नु । प्राकृतिक घटना , प्रकृतिको स्वाभाव , सम्पूर्ण पदार्थ र द्रब्य विषय , सांसारिक र आध्यात्मिकताको सम्पूर्ण ज्ञान जानकारी प्राप्त गर्ने सर्व सत्य ज्ञानलाई धर्मं भन्दछन् । महायान बौद्ध सिद्धान्त सिद्धान्त अनुसार सर्ब प्राणीलाई दुख र कष्ट बाट कुनै उत्तम उपाय द्वारा उद्दार गरेर निर्वानाको छेत्रमा पुर्याउने, निच नराम्रो र दु:खपूर्ण जन्मबाट मुक्ती  गराई र अन्तिम महासुख अनि निर्वाणा प्राप्त गराउनुलाई धर्मं भन्दछन् ।

सटीक र सत्य ज्ञानलाई विज्ञानं भन्दछन् । विज्ञानले भौतिक, जीव , ज्योति, भूगर्व आदि विषयमा सत्य ज्ञान दिन्छन् भने धर्मले सर्व विज्ञानं र आध्यात्मिक दुबै विषयमा सम्पूर्ण सत्य ज्ञान बोध गराउछन् । विज्ञान अस्तित्व भएको पदार्थ बाहेक अस्तित्वहीन विषयमा केही ज्ञान दिन सक्दैन भने धर्मले दुबैको सत्य ज्ञान बोध गरौउछ। यसै कारण बौध धर्मलाई अन्धबिश्वास भन्नु जस्तो महामूर्खता अरु कोही होइन । बौध धर्मं अन्धबिश्वास भए सर्बसत्य ज्ञान पनि अन्धबिश्वास हो भनी मानिलिनु पर्छ । तब सत्य ज्ञानद्वारा प्रकृतिको नयाँ नयाँ आविष्कार गर्ने विज्ञान र वैज्ञानिक पनि अन्धबिश्वासकै रुपमा स्वीकार गर्नुपर्छ ।

विज्ञानको उद्देश्य र लक्ष संसारको सुन्दर भविष्यको निर्माण गर्नु हो । यद्दपि विज्ञानले जन कल्याण हितार्थमा ठुलो भूमिका निभाएको भएपनी परमाणु बम जस्तो डरलाग्दो हतियार बनाएर त्यत्तिकै अबगुण र दोष पनि लाएका छन् । जसको कारणले मानिसको मनमा शान्ति दिनुको बदला त्रास र अशान्ति गरी दिन्छ विज्ञानले । यही जीवन रहुन्जेलसम्म मात्र हितार्थ गर्छन् तर मृत्यु पछि गर्ने छैनन् । धर्मंको उद्देश्य अनि लक्ष्य  पनि विज्ञानको जस्तो सर्ब प्रानीको उज्वल र सुखी भाविश्यको निर्माण गर्नु हो । विज्ञानले जस्तै धर्मले मानिसको मनमा त्रास र अशान्ति गर्ने छैनन् । धर्मको गुणबाहेक अबगुण  छैनन् । धर्मंले यही जीवनमा मात्र हैन, यो चेतानाले जब जन्म ग्रहण गर्छ तबसम्म सुख र शान्ति प्रदान गर्नेछ ।

भगवान बुद्ध र बैज्ञानिक सिद्धान्त:-
क)भगवान बुद्ध :- कुनै एकको कारणले अर्को नयाँ परीणाम  पाइन्छ / कुनै एकको बिनासपछी अर्कोको उत्पत्ति हुन्छ। हेतुले आफ्नो अस्तित्व गुमाएपछि एक पाउंदा  उत्त्पन्न हुन्छ। यो सिद्धान्त प्रतित्यासमुत्पातामा बताएका छन् ।
विज्ञानं :- कुनै हेतु/कारण बिना कुनै परिणाम पाउने छैनन् । (CAUSES AND EFFECT) उदहारण- बिजुली आफै उत्पन्न भएको हैनन् ,पानीको तेज गतिको प्रवाहको परिमाण हो ।

ख)भगवान बुद्ध:- प्रकृति र मानव जातिको विकासलाई घटनाक्रमहरुको प्रक्रियामा हेर्ने अनि वस्तुको स्वाभावमा हेर्ने पद्धती अपनाउनु भएका छन । प्रत्येक बस्तु गतिशील हुनको कारण नै अनित्य बुझ्नुपर्छ । पुरानो ध्वस्त भएपछि नयाँ निर्माण हुन्छ ।
विज्ञान:- निम्न रुपमा उच्च प्राणी आदिको विकास हुनेछ । ( DARWINS THEORY OF EVOLUTION ले भगवान बुद्धको सिद्धान्तलाई सिद्ध गरेको छ ।

ग)भगवान बुद्ध:- चिता वा चेतानको सृस्टी पनि भएको छैन अनी नाश पनि हुने छैनन् । चिता वा चेतना कटाईबाट आएको पनि हैनन र कटाई जाने पनि होइनन् ।
विज्ञान:- कुनै पदार्थ न त सृस्‍टि भएको छ न त नाश नै हुनेछ ।

घ)भगवान बुद्ध:- हाम्रो शरिरमा विकासको सीमा हुन्छ तर ज्ञानको सीमा हुँदैनन् ।
विज्ञान:- जती अध्ययन गर्यो उती नै गहिरो हुदै जानेछ, यसको कारण ज्ञानको सीमा नभएको बताउछन् ।

ङ)भगवान बुद्ध:- यो संसारमा कुनै एक कारण वा हेतुबाट सृस्‍टि भएको हो तर कसैले वा कुनै शक्तिबाट भएको हैन ।
भगवान बुद्ध:- यो संसार कुनै एकको कारण वा हेतुबाट सृस्‍टि भएको हो तर कसैले वा कुनै शक्ति द्वारा हैन।

विज्ञान:- यो संसार कुनै समयमा सुर्यको अंग(टुक्रा) हुनु पर्छ, तर कुनै ईश्वरको सृस्‍टि होइन ।

भगवान बुद्ध:- बिउ गुणको फल हुने छ । जस्तो बिउ त्यस्तै फल लग्ने छ । धानको बिउ रोपे धान नै उम्रन्छ तर मकै/गहु उम्रिदैन । त्यसैगरि जस्तो कर्म गर्छ फल पनि कर्मअनुसार समान रूपले पाउने छ/भोग्नु पर्नेछ।

विज्ञान:- सर आइज्याक न्युटनको तेस्रो गती नियम द्वारा कर्म फलको सिद्ध गर्छ । यस प्रकार गरिएको छ। - प्रत्येक कृयाको समान अनि बिपरित प्रतिकृया हुन्छ ।

भगवान बुद्ध:- धर्म ग्रन्थहरु वा बुद्ध स्वयमले भनेपनि सहि भनेर आँखा बन्द गरेर मानिलिनु हुँदैन । धर्म ग्रन्थहरु भएपनी बुद्धले नै भनेको भएपनी साचो हो या हैन राम्रो मन र चिन्तन गरी तर्क शास्त्र द्वारा जाच गरेर सत्य प्रमाणित भए स्विकार गर्नुपर्छ ।

जसरी असली सुनको जाच कसिद्वारा त्यसरी नै धर्मद्वारा जाच गरेर सत्य के हो थाहा पाईन्छ ।

विज्ञान:- कुनै पनि सिद्धान्त प्रमाणित सिद्ध भए मात्र साचो ठहरिन्छ ।



स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।