![]() |
| तस्विर:सन्चु ब्लोन |
तामाङ साहित्यिक संस्था तमाङ डाजाङ्ले आफ्नो स्थापनाको ९औँ वर्ष प्रवेश गरेकोछ। यसै उपलक्ष्यमा तामाङ डाजाङ्ले आज नेपाल ल क्याम्पसको हलमा तामाङ नाम्दार जोम्ना(तामाङ कथा सम्मेलन)-२०६७ को आयोजना गरेकोछ।
तामाङ डाजाङका अधक्ष्य बुद्ध योन्जनको सभापतित्व र जनगायक खुशीराम पाख्रिनअको प्रमुख आतिथ्यमा भएको कारयक्रममा तामाङ समाजका वारीष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा तामाङ आख्यानको क्षेत्रमा कलम चलाऊदै आएका स्रष्टाहरुले प्रतियोगिको रुपमा आ-आफ्ना तामाङ भाषामा लेखिएका कथाहरु वाचन गरेका थिए। प्रतियोगिताको निर्णायकको भूमिका पत्रकार तथा लेखकहरु अजितमान तामाङ र फुलमान बलले गर्नुभएको थियो। जम्मा सात वटा कथाहरु वाचन भएको उक्त प्रतियोगितामा निर्णायकहरुले सजना गोलेलाई "क्रोबा फाडाला दोङ्कादे" शिर्षक कथाको लागि प्रथम, बिकास कुमार मोक्तानलाई "ताम्सालीङ" शिर्षक कथाको लागि दोस्रो, त्यसै गरी ङेमा नाम्गेल लामालाई "डुप्साङ्ला खात्पा म्हाङ" शिर्षक कथाको लागि तेस्रो र अटुट दोङ्लाई "प्राङ्बोला म्हाङ, डुंगाल भाग-१" को लागि सान्त्वनाको रुपमा विजयी घोषणा गरिएको थियो। विजेताहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण अतिथिहरुबाट गरिएको थियो।
कार्यक्रममा तामाङ डाजाङ्ले प्रकाशनमा ल्याएको विशनाथ योन्जनको "मेरो देश" कथा सङ्ग्रह, जिम्बा राजाकुमार तामाङको "म्हाङ" कथा सङ्ग्रह र दोर्जे तामाङको "ओन्जी व्हाइ" कविता सङ्ग्रहको विमोचन पनि गरिएको थियो।
उक्त कार्यक्रममा तामाङ भाषाविद अमृत योन्जनले "तामाङ आख्यान: स्थिती, सम्भावना र चुनौतिहरु" शिर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा तामाङ कथा लेखनको ईतिहास, अहिलेसम्मको यात्रा र आगामी दिनका सम्भावना र चुनौतिहरु अनी यसको समाधानअको बिषयमा चर्चा गरिएको छ। उक्त कार्यपत्रमाथी तामाङ पत्रकार एवै साहित्यकार दीपेन्द्र दोङ र तामाङ भाषा साहित्य अनुसन्धानकर्ता लोक बहादुर लोप्चनले आ-आफ्नो समिक्षा राख्नुभएको थियो। स्मरण रहोस्: तामाङ साहित्यिक सँस्था तामाङ डाजाङ्ले प्रत्येक महिनाको अन्तिम शनिबार तामाङ साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ।
