ईतिहास लेख्न जुर्मुराएका तामाङ भावना र आवेग

धनप्रसाद तामाङ(अध्यक्ष नेपाल तामाङ घेदुङ)
सबैभन्दा पहिले हाम्रा आखे, तामाङ मामहरुलाई सम्बोधन गर्न चाहन्छु। जसका कारणले जन्मिएँ, हामी जन्मियौँ। जसका करणले हामीले यो सुन्दर जीवन व्यतित गर्न पाइरहेका छौँ। हाम्रो बिचमा यो भेट्घाट सम्भव भएकोछ। तामाङ्को विषयमा चर्चापरिचर्चा गर्न पाइरहेका छौँ। ती महान वंशजपर्ती मलाई ज्यादै आत्मगौरव हुन्छ। आत्मस्वाभिमानले मलाई सगरमाथाभन्दा माथि उठाउँछ। मलाई लाग्छ हरेक जातिय सचेतनाले भरिएको तामाङ्हरुलाई यस्तै अनुभुती भएको छ। त्यही अनुभुतिले हामीलाई यो ठाउँमा ल्याइपुर्याएकोछ।


ती महान तामाङ जाती आज ईतिहासको एउटा मोडमा उभिएकोछ। ईतिहासमा कहिल्यै पनि तामाङ जाती परेनन ईतिहास बन्न सकेनन। अब कसैले बनाएको ईतिहासमा पारीने होइन। कसैले लेखेको ईतिहासमा पर्नका लागि टिग्टिग्याउने हैन। कसैले बनाएको ढाँचामा ईतिहास लेख्ने होइन। अब आँफैले ईतिहास लेख्नुपर्छ भनेर तामाङ जाती जुर्मुराइरहेका छन। ती जुर्मुराइरहेका तामाङ मुठ्ठिहरु, भावनाहरु आवेगहरुलाई प्रतिनिधित्व गर्दै यहाँहरुको बिचमा केही कुरा राख्न चाहन्छु। यो राख्ने क्रममा केही विलम्ब भए भने पनि तामाङ विसरातलाई सधैं उच्च राख्न तामाङ अग्रसर हुन्छन भन्ने पाठ यहाँहरुले मलाई दिनुहुनेछ यो पाठ बोकेर मुलुकको अरु तामाङ्हरुको बिचमा पुर्याउने सङ्कल्प गर्न चाहन्छु।

साँच्चै तामाङ जाती महान जाती हो। त्यसले निर्माण गरेको, त्यसलए चर्छेको , त्यसले बनाएको यो मुलुक आज साँच्चै इमान्दारितापुर्वक बुझिदिने हो भने विश्वको हिराको टुक्रा यो मुलुक बन्नेछ। किनभने एउटै महादेशमा नपाईने चराहरु यहाँ पाईन्छन। संसारमा नपाईने सात थरिका फूलका प्रजातिहरु यहाँ पाईन्छन। त्यस्तै संसारमा नपाईने जलचरहरु पनि यहाँ पाईन्छन। संसारमा नभेटिएका जैव्क विविधताका तत्वहरु यहाँ भेटिन्छन्। हरेक हिसाबले, साँस्कृतिक हिसाबअले सम्पन्न छ। त्यसकारण यो मुलुकलाई साङ्ग्रिला भन्ने गरिन्छ। 'साङ्ग्रिला' भनेको 'ला टिबा ग्ला' हो। 'सा' जमिन,'ला' देउता, इश्वरले बास गरेक थालो। त्यसकारण तामाङ्हरुले स्थापित गरेको धर्म, इश्वर बसेको ठाउँ, कसले बनायो? तामाङले बनायो। तर त्यस्तो महान राष्ट्र आज दुनियाँको दरिद्र मुलुक बन्न गएकोछ। संसारभरी हेला गरिने मुलुक भएकोछ। यो मुलुकलाई बनाउने हातहरुलाई अरु कुनै दुष्ट हातहरुले काटिदिने काम गर्यो। यो मुलुकलाई चर्चिने गोडाहरु अरु कुनै दुष्ट गोडाहरुले छिर्के हालेर लडाउने कमा गर्यो। अब ती गोडाहरु ती हातहरु हटाइनुपर्छ जमिन चर्चिने गोडाहरु यो मुलुक बनाउने हातहरु फेरी निर्माणमा जुट्नुपर्छ। त्यो हिरा बनाउने अभियानमा हामी लागेका छौँ। देशबासी लागेका छन। नागरिक समाज जुटिरहेकोछ। बहुलवादले भरिपूर्ण भए पनि यो मुलुक सधैं केन्द्रिक्रित भयो। यो मुलुक एकल ढङ्गले चलाऊने काम भयो। एक व्यक्ती, एक परिवार, एक वंश, एक जाती, एक धर्म, एक भाषा एक संस्कृतिले मात्र चलाऊने कामा भयो। रजाइ गर्ने काम भयो। त्यो रजाइ गर्ने काम गर्दाखेरी त्युप्रै जाती भाषा धर्म संस्कृतिलाई तल पार्ने काम भयो। यो एकल जातीवादी केन्द्रिक्रित शासन राज्य भएको कारणले तामाङहरु पनि अरु जाती जस्ताइ शोषण दमनमा पर्यो। उत्पिडानमा पर्नु पर्यो। अब हामी यसलाई बादलन चाहन्छौँ। अरु कसलाई पनि बादलने वाला छैन। बुझ्नुपर्ने कुरा यो हो। कृष्णप्रशाद भट्टराईले बादलदैन। गिरिजा प्रशाद कोइराला पनि बादलने चाहना राख्दैन। अहिलेक क्रान्तिकारी अहङ्कारले छोपिएका महान नेताले पनि यसलाई बादलन चाहन्न। यो बादलने काम हामीले नै गर्नुपर्छ। त्यसको एउटै काडेए छ। यो काडेए के हो भने तेनवटा अवान्छित तत्वहरुको गठ्जोड रहेकोछ।

यो मैले अरुकै शब्द सापट लिएको हुँ। गाई, बाहुन राजा। यो तीनवटा कुरा सङ्गै रहेसम्मा, सङ्गै जाने स्थिती रहेसम्मा महान क्रान्तिकारी नेताले पनि, महान जादुगरी तिलश्मी कारीश्मा पैदा गराउने मान्छेले पनि यो मुलुकमा कुनै परिवर्तन ल्याउन सक्दैन। त्यस्तो भएको हुँदा आम जनताले, आदिबासी जनजातिले, तामाङ जनताले के भन्ने गरेको भने अघी भनिएको जस्तो ढङ्गले शासन चल्नु हुँदैन। अब यो मुलुकको रु परिवर्तन गर्ने हो भने राज्यको निती , राजाको दमन, राज्यको चरित्र परिवर्तन हुनुपर्छ। त्यो परिवर्तन भएर मात्र त्यो परिवर्तित  भएर आएको बहुधार्मिक, बहुभाषिकअ, बहुजातिय संरचनाको चरित्रको राज्यको व्यवस्थाबाट निर्मित कानुनले मात्रै यो मुलुककलाई चलाऊन सक्छ। यो मुलुकको सुशासनभित्र सबै जनता समेटिन सक्छ। यो विश्वास आमा जनाताको  हो। तर सधैं के हुने गर्दछ भने कर्ताहरु अगाडि निस्कनुपर्दो रहेछ। जिम्मेदारी लिनेहारु अगाडि निस्कनु पर्दो रहेछ। त्यो जिम्मेवेरए लिनाको लागि सरोकारवाला अगाडि बढ्नुपर्ने रहेछ। सरोकार नभएको स्वार्थ मात्र लुट्न चाहनेहरु अगाडि वढ्यो  भने सरोकारवालाहरु पछाडि पर्दछ। निर्माण गर्न खोजिएको कुरा सफल हुँदैन त्यो ध्वंसतिर जान्छ। यसकारण अहिलेको आन्दोलन आदिवासी जनजातिको आन्दोलन हो। अहिलेको आन्दोलन हाम्रो आन्दोलन हो। अब निर्माण गरिने ईतिहास हाम्रो ईतिहास हो। यसकारण पनि हामी बेसी लाग्नुपर्दछ। हामी बढी सचेत हुनुपर्दछ। हामी बढी जागरुक हुनुपर्दछ। हामी बढी सङ्घर्षशिल हुनुपर्दछ। धेरै आन्दोलित हुनु पर्दछ। आन्दोलित हुनका लागि अब तामाङ जनताले सांस्कृतिक कुरा मात्र होइन, सामाजिक कुरा मात्रा होइनराजनीतिक सवालहरु उठान गर्नुपर्दछ त्यो राजनीतिक सवाललाई काँधमा राखेर अग्रगतिका साथ अग्रपङ्तिमा रहेर तेज गतिका साथ एउटा तीर हानिए जस्ताइ लक्ष्य भेट्नका लागि अगाडि बढ्नुपर्दछ। यो परिस्थितीको भनाइ हो। यो मुलुकको आवश्यकताले बोलेको कुरा हो। यो कुरालाई नेपाल तामाङ घेदुङले कसरी लिएकोछ? यहाँहरुको ध्यान मोड्न चाहन्छु।

समाज परिवर्तनअको कुरा धेरै चलेकोछ। जनतालाई सार्वभौमस्त्ता सम्पन्न बनाउने कुरा पनि धेरै चलेकोछ। जनक्रान्ती गर्ने भन्ने कुरा पनि धेरै चलेकोछ। तर जनक्रान्ती गर्नेहारुले ५० औँ वर्ष बिताए। ६० औँ वर्ष बिताए। तर जनक्रान्ती कतै भएको छैन। सामाजिक परिवर्तन कतै भएको छैन। खोकिलामा ढुङ्गा राखेर चल्ला काढ्ने जस्तो कथा बनेको छ। अनी त्यो आख्यान अगाडि बढ्दै जादाखेरी मुलुक एउटा बगरमा पारीणत भएकोछ। ढुङ्गालाई अन्डा बनाएर चल्ला काढ्ने प्रयास भिरहेको छ, जो कहिल्यै हुँदैन। किन? त्यसको कारण भनेको सत्तामा पनि शासन मात्रै गर्ने स्वार्थ मात्र लुट्ने भए। क्रान्ति गर्नेहरु पनि त्यस्तै भए। त्यही नितिले निर्देशित भएका मान्छेहरु परे। त्यस कारण भालेले फुल पारेर चल्ला काढ्ने कुरा जस्तो भएको छ। अब यो मुलुक हाम्रो बनाउनुपर्‍यो। किन भने यो मुलुक हाम्रो बाहेक अरु कसैको होइन रहेछ। एउटा उदाहरण दिन चाहन्छु। मुलुकका सचिवले ग्रीन कार्ड लिना अमेरिकामा प्रयास गरिरहेकोछ। यो मुलुकको सचिव स्तरको मान्छेलाई अमेरिकामा जानुपर्ने रहेछ। तपाईं हामी चाँही यही रहनुपर्ने रहेछ। त्यो मान्छे टुरिष्ट रहेछ। नेपालीको स्वरुपमा विदेशी मान्छे रहेछ। त्यस्तो मान्छेले हाम्रो मुलुकको बिकास गर्छ? यहाँको धेरै मान्छेहरुले पैसा लुटेर विदेशमा राखेका छन। तिनले हाम्रो मुलुक चलाऊछ? हामी जन्मिछौँ मर्छौँ। घोप्टो चेप्टो हुन्छौँ। सबै यहिको माटोमा हुन्छ। हाम्रो जीवनलाई परिवर्तन गर्नका लागि यो मुलुकलाई परिवर्तन गर्नुपर्दोरहेछ। र त्यो परिवर्तन गर्ने मान्छे हामी मात्रै रहेछ। मुलुकलाई सम्रिद्ध बनाउने त हामी मात्र रहेछौँ। यसैले अब हामीले चलाऊने यो मुलुकको शासन व्यवस्था कस्तो हुनु पर्दछ भन्ने तर्फ हाम्रो ध्यान केन्द्रित हुनु पर्‍यो। अहिलेको भनाइ यही नै हो। यसो गर्ने हो भने अहिलेको राज्यसत्ता कस्तो छ, अहिलेको राज्य संरचना कस्तो छ? राज्य निती कस्तोछ? यसको बिषयमा हामीले धेरै ठाउँमा धेरै माध्यमबाट धेरै तरिकाले बहस गरिसकेका छौँ। अब त्यो बहसलाई तामाङ जनताको पिँधसम्मै, तामाङ जनताको भुइँसम्मै लिएर जानुपर्छ। तामाङ जनताको अहिलेको जुन पूर्व राजनीतिक अवस्था(Pre Political Stage) छ, यसलाई राजनीतिक अवस्थामा ल्याउनुपर्दछ। यो राजनीतिक अवस्थामा ल्याउने अभियान नै सामाजिकीकरणको अभियान हो। 

अहिले नेपाल तामाङ घेदुङ सिङ्गो तामाङ जनतालाई राजनितिक अवस्थामा ल्याउनको लागि समाजिकीकरणको अभियानअलाई तेजका साथ अगाडि बढाइरहेकोछ। जुना शब्दलाई हामी राजनितिक भन्न सक्दैनौँ। कारण हामी सामाजिक सङ्गठन हौँ। त्यसकारणले हामी राजनीतिक शब्दवली कमभन्दा कम प्रयोग गर्छौँ। तर राजनीतिक उद्देश्य पुर्ती गर्नका लागि राजनीतिक ढङ्गले सुसङ्गठित र शक्तिवान हुनका लागि हाम्रो प्रयत्नहरु अगाडि बढाइएका छन। यसो भएको हुँदा राज्यको स्वरुप कस्तो बनाउने? राज्यको स्वरुप भनेको बहुजातिय हुनुपर्छ र मुलुकलाई चलाऊनका लागि बहुजातिय राज्यमा बहुजातिय पहुँच हुनुपर्दछ। बहुजातिको उपस्थिती हुनुपर्छ। बहुजातिलाई सम्बोधन गर्नुपर्दछ। त्यसो गर्ने हो भने अहिलेको पारीप्रेक्ष्यमा के गर्नुपर्दछ? अहिलेको पारीप्रेक्ष्यमा हिन्दूजनलाई शीरदेखी पुच्छरसम्मा निकालेर फाल्न सक्नुपर्दछ। हिन्दूज्म भनेको बाहुनवाद हो। बाहुनवदलाई जोगाइराख्नु भनेको हिन्दूज्म हो। त्यसकारण यो धर्मजिरपेक्ष राज्य हुनुपर्दछ। जुन घोषणा गरेको त्यसलाई अक्षरश: व्यवहारमा उतार्नुपर्दछ। अक्षरश: उतार्ने हो भने नुवाकोटमा रौत तामाङ्लाई गाई काटेको आरोपमा अब राज्यले थुन्न पाइँदैन। मौखिक रुपले धर्म निरपेक्ष राज्य, व्यवहारिक रुपले हिन्दू राज्य भएकोछ। अहिले पनि दसैंमा विदा दिने काम गर्‍यो। अहिले पनि दसैंमा भत्ता बाँडफाँट गरेर मुलुकको ढुकुटी ध्वंस पार्ने काम गर्‍यो। अहिले पनि जनताका छोराछोरी पढ्ने विद्यालय बन्द गरेर शिक्षालाई कटानी गर्ने काम गर्‍यो। अहिले पनि राँगा बोका काटेर हिंसालाई यथावत राख्ने काम गर्‍यो। अब यो मुलुक हिन्दू राष्ट्र हो कि होइन? 

(छार गोङमा मासिकबाट सभार) 
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।