बुद्ध धर्ममा पञ्चशिलको महत्व र आवश्यकता

पञ्चशिलको पालना गर्दा हुने फाईदाहरु: 

१) प्राणी हिंसा नगरिँदाका दशवटा फल 
•  अङ्ग प्रत्यंग परिपूर्ण भएको शरीर हुनेछ । 
•  स्वच्छ र सुन्दर शरीर हुनेछ । 
•  हेर्दाखेरि नै मनलाग्दो सुन्दर रुप भएको हुनेछ । 
•  शूर वीर हुनेछ । 
•  बल शक्तियुक्त हुनेछ । 
•  अर्काको हातबाट मर्नुपर्नेछैन । 
•  परिवारमा सदस्य बढ्नेछ । 
•  रोग ब्याधि कम हुनेछ । 
•  मनपर्नेहरुबाट वियोग हुनुपर्नेछैन । 
•  दीर्घायु हुनेछ ।
२) चोरी नगरिँदाका चारवटा फल 
•  धन सम्पत्ति पूर्ण हुनेछ । 
•  भएको धन सम्पत्ति स्थिर हुनेछ । 
•  इच्छा गरेको वस्तु सजिलैसित प्राप्त गर्न सकिनेछ । 
•  राजा, पानी, आगो, चोर र शत्रुहरुबाट केही गर्न नसकिने रुपबाट धन प्राप्त भइरहनेछ ।
३) व्याभिचार नगरिँदाका सातवटा फल 
•  शत्रु भनेकै नभई सबैसंग हेलमेल हुनेछ । 
•  सुखपूर्वक सुत्न सक्नेछ । 
•  सुखपूर्वक उठ्न सक्नेछ । 
•  स्त्रीभाव र नपुंसकभाव हुनबाट बच्नेछ । 
•  चारवटा दुर्गतिबाट बच्नेछ । 
•  इज्जत हुने गरी स्त्री-पुरुषका परस्परमा प्रेम भइरहनेछ । 
•  धन्दा सुर्ता नभई सुखपूर्वक बस्न सक्नेछ ।
४) झुठ कुरा नबोलिँदाका पाँच फल 
•  विशेषरुपले आँखा आदि इन्द्रिय सुन्दर हुनेछन् । 
•  तल माथि नपरी क्रमबद्ध मिलेका दाँत हुनेछन् । 
•  दुब्लो मोटो नभई ठिक्कको शरीर हुनेछ । 
•  कमलको फूल झैँ सुगन्धित वास्ना आउने मुख हुनेछ । 
•  नोकर चाकर र परिवारहरुले उसको कुरा सुन्नेछन् ।
५) सुरापान नगरिँदाका नौवटा फल 
•  गर्नुपर्ने काम सबै विस्मृत नभई सजिलै नै याद हुनेछ । 
•  अलसी हुँदैन । 
•  लाटो र गोंजेंग्रो हुनेछैन । 
•  ज्ञान बुद्धि भएको हुनेछ । 
•  ईर्ष्या गर्नेबाट रहित हुनेछ । 
•  बेहोश हुँदैन । 
•  शान्त स्वभावको हुनेछ । 
•  नराम्रो काममा लाग्न लज्जा भय हुनेछ । 
•  इज्जत हुने कुरामात्र गर्ने बानी भएको हुनेछ ।

पञ्चशिलको पालना नगरदा हुनेने बेफाईदाहरु:
१) प्राणी हिंसा गर्दाका उन्नाइसवटा विपाक 
•  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग गर्नुपर्नेछ ।
•  नरकबाट मुक्त भएर मनुष्य जन्म लिन पाए पनि अङ्ग-प्रत्यङ्गहीन भई जन्म लिनुपर्नेछ । 
•  सुन्दर रुप नभई विरुप भई जन्म लिनुपर्नेछ । 
•  हात, खुट्टा टेढो भई दुर्बल भई जन्म लिनुपर्छ । 
•  खुट्टाको औंलाको टुप्पामा कुष्ठरोग सहित जन्म लिनुपर्नेछ । 
•  जसजसले देख्छ-त्यसत्यसले प्रत्येक देखाइमा रीसले देख्नेछ । 
•  नरम शान्त स्वभाव भन्ने हुँदैन । 
•  रुप लक्षणको नभएर अलक्षणको हुनेछ । 
•  सभाको बीचमा शूरु नभएर काथर हुनेछ । 
•  बोल्ने बेला स्पष्ट कुरा गर्ना नसक्नाले थुप्रै मान्छेले गिज्याउनेछन् । 
•  बल शक्तिहीन हुनेछ । 
•  लाटाले जस्तो कुरा गर्नेछ । 
•  दाजु-भाई, इष्ट-मित्र परिवारहरु नाश भई एक्लो दु:खी जीवन बिताउनुपर्नेछ । 
•  आफूलाई फाइदा हुने काम खोज्न जाँडा अलसी लाग्नेछ । 
•  दु:खपूर्वक धनधान्य अन्न अलिकति संचय गरिराखेको पनि परजनहरुले ठगी वा खोसी खाइदिनेछन् । 
•  अरुको छ: प्रकारको प्रयोगद्धारा मरण हुनेछ । 
•  आफ्ना अति नै प्रिय भइराखेका स्वास्नी र छोरा-छोरीहरुसंग अलग भइ बस्नुपर्नेछ । 
•  आमाको गर्भमै बसी मरण हुनुपर्नेछ । 
•  जन्म भएको नौ दश वर्षभित्रमा मरण हुनुपर्नेछ ।
२) परधन चोरिँदाका सातवटा विपाक 
•  मरेपछि नरक, प्रेत, तिर्यक र असुर अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । 
•  मनुष्य भएर जन्मँदा पनि दरिद्र दु:खी भई बस्नुपर्नेछ । 
•  अति नै दु:ख कष्ट भोगी दुई चार पैसा कमाइराखेको धन पनि स्थिर हुँदैन । 
•  दुई चार पैसा पनि अति नै दु:ख कष्ट भोगेर मात्र प्राप्त गर्न सकिनेछ । 
•  राजा, पानी, आगो, चोर र शत्रुबाट भय उत्पन्न हुनेछ । 
•  संसारमा जातमध्ये नीच जात भएका कुलमा जन्म लिई दु:ख कष्ट भोग्नुपर्नेछ । 
•  खाने, पिउने केही नभई भिखारी बनी भिक्षा मागी खानुपर्नेछ ।
३) व्यभिचार गर्दाका सातवटा विपाक 
•  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी धेरै समयसम्म ठूलो दु:ख भोग्नुपर्नेछ । 
•  धेरै प्राणीहरुका शत्रु भई बस्नुपर्नेछ । 
•  धेरै मानिसहरुबाट मन नपराई अप्रिय भई बस्नुपर्नेछ । 
•  परजनहरुबाट खाने, पिउने, लाउने नपाई त्यसै बस्नुपर्नेछ । 
•  सुखपूर्वक सुत्न पाइनेछैन । 
•  सुखपूर्वक उठ्न पाइनेछैन । 
•  नपुंसक भई जन्म लिनुपर्नेछ ।
४) असत्य कुरा गर्दाका सातवटा विपाक 
•  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी अति नै दु:ख कष्ट भोग्नुपर्नेछ । 
•  नरकबाट मुक्त भई मनुष्य भई जन्मेता पनि नीच कुलमा जन्म भई विरुप हुनुपर्नेछ । 
•  लाटो बक नफुट्ने भई जन्म लिनुपर्नेछ । 
•  दाँतको पंक्ति बाङ्गो टिङ्गो परी प्रष्टरुपमा कुरा गर्न नसकिने हुनेछ । 
•  शरीर अति मोटो तथा अति पातलो अथवा अति भद्दा र पुड्को भई जन्म लिनुपर्नेछ । 
•  अति नै दुर्गन्धित शरीर हुनेछ । 
•  आफूले गरेको पराजनहरुद्धारा सुन्नमा मन लगाइने छैन ।
५) सुरापन गर्दाका बीसवटा विपाक 
•  मरणपछि नरक, प्रेत, तिर्यक र अपाय चारवटा दुर्गतिमध्ये एउटामा परी ठूलो दु:ख कष्ट भोग्नुपर्नेछ । 
•  नरकबाट मुक्त भई मनुष्यलोकमा जन्म हुन आएतापनि हेतुफललाई केही नबुझी ज्ञानबुद्धिहीन भई जन्मनुपर्नेछ । 
•  ज्ञान बुद्धि नभएका मूर्खहरुसँग सत्संगत गर्नुपर्नेछ । 
•  सधैं स्मृति विहीन भई बस्नुपर्नेछ । 
•  सधैं अलसी भई बस्नुपर्नेछ । 
•  सधैं मूर्ख बदमास भई बस्नुपर्नेछ । 
•  जहाँ जहाँ जन्म हुन्छ त्यहाँ त्यहाँ बहुलाउनुपर्नेछ । 
•  समाधि नभएको (चित्तस्थिर नभएको) भई मनुष्यगति नाश भई बस्नुपर्नेछ । 
•  अति द्धेषी र अति क्रोधी भई जन्मनुपर्नेछ । 
•  हात खुट्टा शरीर सुन्निएर अति नै गह्रौं शरीर भई बस्नुपर्नेछ । 
•  राजा, पानी, आगो, चोर र शत्रुबाट भयभीत भई बस्नुपर्नेछ । 
•  बांगो मन, ईर्ष्यालु चित्त भई जन्मनुपर्नेछ । 
•  असत्य कुरा गर्ने हुनेछ । 
•  अरुलाई चुग्ली गर्ने हुनेछ । 
•  परउपकारलाई नचिन्ने हुनेछ । 
•  दान गर्न नजान्ने, शील पालन गर्न नजान्ने भई जन्मनुपर्नेछ । 
•  पाप गर्नमा लज्जा नभएको र पापदेखि नडराउने हुनेछ । 
•  सम्यक् मार्ग नदेखी मिथ्यादृष्टिक हुनेछ । 
•  उपकार हुने काममा बुद्धि भ्रष्ट भई बस्नुपर्नेछ । 
•  दुष्ट र नीच कर्म गर्ने हुनेछ ।


(परियतिशिक्षाबाट)  


स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।