माइलाको मातृभूमिमा कं माओको गीत

क. माओ
जनवादी संगीतकार माइला लामाको एकल संगीत रहेको अडियो गीति एल्बम मातृभूमि बजारमा आएको छ ।
एल्बम मातृभूमिमा उठ साथी उठ, तुफानमा जिउने, निक्कै नै टाढा, गाउँ शहर उठ जाग, फूल जस्तै लाग्छ, आधा शरीर मेरो र  जागै बस बोलका ९ गीत छन् । संगीतकार माइलाको एकल संगीत रहेको उक्त एल्बमका  नेत्रविक्रम चन्द, बलराम तिमिल्सिना,भूपाल राई र माइलाको शब्द रहेको छ भने एक  गीतमा कं माओत्सेतुङगको शब्द छ ।


एल्बममा अहिलेका चर्चित गायक-गायिका सन्तोष लामा,दीपक लिम्बू,सत्यकला राई, मान्डबी त्रिपाठीका साथमा टेक बलम्पाकी ,किशोर विक, रुपकुमार राई ,बला राई, सरल राई, कपिल श्रेष्ठ, राधा राई,बेनुका राई, योगिता मोक्तान, दिनेश र रुपकुमारलगायतकाको स्वर रहेको छ।

Souce: Cellroti.com
स्तम्भ: ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।