तिमाल र तामाङ राजा हि्रन्जेन दोर्जेको बारेमा अन्तरकृया


तेमालका ऐतिहासिक तामाङ राजा हि्रन्जेन दोर्जे दोङको दरबार उत्खनन्को अवलोकन तथा अध्यान अनुसन्धानलाई थप प्रभावकारी बनाउन स्थानिय जानिफकार इतिहासविद र सन्चारकर्मिहरु बिच अन्तरकृया कायक्रम गरिएको छ । 

ताम्सालिङ नलेज सेन्टर र हि्रन्जेन दोर्जे स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा राजा हि्रन्जेनदोर्जेको दरबार उत्खनन् स्थल काभ्रे कोटतिमालमा असार २६ गते शनिबारसो कार्यक्रम भएको हो । अन्तरकृया कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओवादीका सभासद सुर्यमान दोङले सामान्ति शाहवंशियाहरुले कथित राज्य एकिकरणको नाममा तामाङहरुको नमेट गरिएको इतिहासलाई खोतल्दै जानुपर्ने बताउनु भएको छ । उहाँले जब सम्म ताम्सालिङ स्वयत्त गणराज्य प्राप्त हुन सक्दैन तबसम्म तामाङ समुदयको ऐतिहासिक धरोहरको संरक्षण संंवद्र्धन हुन नसक्नेमा जोड दिनु भयो । सभासद दोङले प्राकृतिक सुन्दरताको धनी तेमाललाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न राजा हि्रन्जेन दोर्जेको दरबार क्षेत्र मुख्य आधार हुने सक्ने बताउनु भयो । 

अन्तरकृयामामा सहभागि तामाङ अनुसन्धानकर्ता एवं लेखक अजितमान तामाङले इतिहासकालमै तामाङहरुले राज्य चलाउदै आएको र जो संघ प्रणालीमा संचालन हुन्थ्यो भन्ने थुप्रै प्रमाणहरु लेख्य रुपमा पर्याप्त भेट्न नसके पनि तामाङ साहित्यीक र धार्मिक पुस्तकहरुमा रहेकाले त्यसको गहिरो अध्यान गर्न जरुरी रहेको बताउनु भयो । उहाँले हालको अवस्थामा तामाङहरुले दावि गरेको ताम्सालिङ स्वयत्त प्रदेशको क्षेत्र भन्दा पनि परसम्म तामाङहरुले राज्य गरेको प्रमाणहरु जिवितै रहेकोले ताम्सालिङ निर्माणको लागि प्रश्ास्त ऐतिहासिक आधारहरु बलियो पर्ने एक मध्ये तेमाल दरबार र तामाङ राजा हि्रन्जेन दोर्जेलाई लिन सकिने बताउनु भयो । उद्यागपति एवं समाजसेवि सि।वि लामाले तामाङहरुको ऐतिहासिक धरोहरको अध्यायन संरक्षण र संवद्र्धन गर्ने दायित्व तामाङ समाजको मात्र नभएर राज्यको दायित्व रहेको बताउनु भयो । प्रचारप्रसार र यसको थप अनुसन्धानको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । राजा हि्रन्जेन दोर्जे दोङको दरबार उत्खनन्को अवलोकनमा रेडियो पत्रपत्रिका टेलिभिजन र अनलाइनका गरी ५० जना भन्दा बढि पत्रकार राजा हि्रन्जेनदोर्जेको बारेमा जानिफकार स्थानिय गन्नेमान्ने र इतिहासविदहरु बिचमा छलफल भएको थियो । केहि महिना अगि हि्रन्जेन दोर्जे स्मृति प्रतिष्ठान र पुरातत्वयिक विभागको पहलमा दरबार रहेको स्थान कोटतिमाल वडा नम्बर ७ मा उत्खनन् गर्दा पुरानो इँटा दरबारको जग चिम्टा र हतियार फेला पारेको र जसलाई १७ औं शताब्दि अगाडिको भएको पुरातत्वयिक विभागले प्रमाणित गरेको प्रतिष्ठनका सल्लाहाकार हिराकाजी बलले जानकारी दिनु भएको छ । सो भेटिएको वस्तुहरु सुरक्षित राखिएको छ भने दरबार उत्खनन् स्थललाई सुरक्षित राख्न र थप अनुसन्धानको लागि पहल गर्न नेपाल सरकार र सरोकार वाला सबैलाई अग्रह गरिएको छ । 

(सन्चु ब्लोनको फेसबूक नोटबाट लिएको)
स्तम्भ: , ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।