![]() |
| सम्मानित ईन्द्र, उर्मिला, राधिका र सञ्जय (तस्विर:तामाङ समाज डट कम) |
नेपाल प्रवासी तामाङ समाज कतार विगतमा झैँ यसपाली पनि SLC परिक्षामा सर्वोत्क्रिष्ट नतिजा ल्याउन सफल साथै पोखरा विश्वविध्यालय BCIS टपर तामाङ समाजका विध्यार्थिहरुलाई सम्मान गरेको छ। राजाधानिमा आयोजित एक कार्यक्रममा यसपालिको SLC परिक्षामा सर्वोत्क्रिष्ट नतिजा ल्याउने क्रमश: ईन्द्र तामाङ ९२.७५%, उर्मिला तामाङ ८८.२५% र राधिका तामाङ ८७.६२% साथै पोखरा विश्वविध्यालय BCIS टपर सनजय लामालाई सम्मान गरिएको हो। प्रवासमा रहेर पनि आफ्नो समाज र देशप्रतिको यो माया र कर्तव्यबोधप्रती नेपाल प्रवासी तामाङ समाज कतारलाई तामाङ समाजले उच्च मुल्याङ्कन गर्नै पर्दछ। सम्मानित विध्यार्थीहरु थप हौसला र कर्तव्यबोध मिलेको छ भने अन्य तामाङ विध्यार्थिलाई पनि यसबाट राम्रोसँग पढ्ने या उत्कृष्ट भएर देखाउनको निम्ती अभिप्रेरना मिलेको छ।
