![]() |
| कार्यक्रमका सहभागीहरु। तस्विर:सन्चु ब्लोन |
एकिकृत तामाङ राष्टिय मुक्ति मोर्चा नेपालले भावि संविधान संघिय राज्य र ताम्सालिङको प्रश्न भन्ने विषयमा बिचार गोष्ठि आयोजना गरेको छ ।
अग्रअधिकार सहितको अखण्डित ताम्सालिङ सुनिश्चित गर्न थप बल पुराउने उदेश्यले आज राजधानिमा आयोजित गोष्ठिमा अन्तरिम संविधानका मस्यौदाकार कुमार योन्जनले कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
भावि संविधान ः ताम्सालिङ ः संरचना र ब्यवस्था भन्ने विषयको प्रस्तुत कार्यपत्र माथि प्राध्यापक मानिक लाल श्रेष्ठ डा। संग्राम िसं लामा र एकिकृत नेकपा माओवादी सल्लाहाकार तथा सभासद सुरेश आलेमगरले टिप्पणी गर्नु भएको थियो ।
कार्यपत्रमा ताम्सालिङ स्वयत्त प्रदेशको खाका ताम्सालिङ क्षेत्रमा तामाङ जनसंख्याको अवस्था तामाङ भाषा बक्तको स्थिती ताम्सालिङको तहगत ढाँचा ताम्सालिङ स्वायत्त र स्वाशासित संरचनाहरु ताम्सालिङ भित्र बन्ने स्वसाशित क्षेत्र वा इलाकाको बारेमा र ताम्सालिङको शासकिय ढाँचालाई समेटिएको छ ।
बिचार गोष्ठिमा आफ्नो भनाइ राख्दै तामाङ राष्टिय मुक्ति मोर्चाका अध्यक्ष कमानिसं लामाले अग्रअधिकार सहितको अखण्डित ताम्सालिङ नयाँ संविधानमा सुनिश्चित नभए तामाङ समुदयले कुनै पनि हलतमा नमान्ने बताउनु भयो ।
उहाँले तामाङ समुदय मात्र नभएर ताम्सालिङ भुमिमा बसोबास गर्ने आविासी जनजाति र गैरआदिवासी जातिहरुको पनि हक अधिकार सुनिश्चित हुनेमा शंका नर्गन अग्रह गदै ताम्सालिङ प्रप्तिको लागि एकजुट हुन अह्वान गर्नु भयो ।
