सन्चु ब्लोन-एकिकृत तामाङ राष्टिय मुक्ति मोर्चा नेपालले ताम्सालिङको बारेमा आयोजना गरेको दुइ दिने बृहत बिचार गोष्ठि सम्पन्न भएको छ । हिजो र आज दुइ दिन राजधानिमा आयोजित गोष्ठि ताम्सालिङको संरचना आर्थिक सम्भाव्यता र प्राकृतिक श्रोत साधानहरुको बारेमा विस्तृत छलफल गदै सम्पन्न भएको हो । आज दोस्रो दिन ताम्सालिङको प्राकृतिक श्रोतसाधान र आर्थिक सम्भाव्यता भन्ने विषयमा डा।मुक्तिसं लामाले कार्यपत्र प्रस्तुत गर्नु भएको छ । त्यस्तै गोष्ठिमा ताम्सालिङको जलश्रोतको अवस्थाको बारेमा इन्जिनियर कुलमान घिसिङ ताम्सालिङ र भाषिक संास्कृतिक अवस्थामा अजितमान तामाङ ताम्सालिङ प्रदेशमा पर्यटनको अवस्था र संभावनामाथि तिलक लामा र ताम्सालिङमा वन र कृषिको स्थितीको बारेमा कृषि विज्ञ डम्बर तामाङ र तारा लामाले प्रस्तुति राख्नु भएको थियो । बिचार गोष्ठिमा प्रस्तुत कार्य पत्रहरुमाथि प्राध्यपक डा। गोपाल सिवाकोटी र आदिवासी नेता परशुराम तामाङले सुजाव सहितको टिप्पणी गर्नु भएको थियो । सो गोष्ठिमा तामाङ बुद्धिजिवी पत्रकार पेशाकर्मि ताम्सालिङ भित्रका जाजिय मोर्चाका प्रतिनिधी लगायत गरी देशै भरीका ७ सय जना भन्दा बढिको सहभागिता रहेको थियो ।
- नयाँ पोस्टहरु
- प्रतिकृयाहरु
Advertisement