भदौमा तामाङ म्युजिक एन्ड फिल्म अवार्ड

देशको राजनीतिक कारणले भन्दै मिती सार्दै सार्दै अन्तत: तामाङ चौतारी समुहले "तामाङ फिल्म एन्ड म्युजिक अवार्ड तथा साँस्कृतिक महोत्सव" आगामी  भदौ  ८ गते गर्ने जनाएकोछ। आशा गरौँ अब चाँही नसर्ला। तामाङ समाजकै सम्भवत: पहिलो ऐतिहासिक कार्यक्रम भनेर आयोजकहरुले प्रचार गरे अनुसार र हुनु पनि तामाङ गीत संगीत र चलचित्रको क्षेत्रमा पहिलो चोटि गरिन लागेको यस कार्यक्रमप्रती सबैको चासो र उत्सुकुता त छँदै छ। यसबाट तामाङ गीत संगीत र चलचित्रको व्यवसायिकीकरण र गुणस्तरीयता उक्सिने र यो क्षेत्रमा काम गर्नेहरुलाई हौसला अवश्य मिल्ने देखिन्छ। अवार्ड फिल्मतर्फ १२, तामाङ भाषाको गीतमा ९, सेलोमा ५ र म्युजिक भिडियोमा ४ अर्वाड गरि चार समूहमा विभाजन गरि ३० विधामा अवार्ड दिइने बताइएको छ। तामाङ समाज र गीत संगीतको उत्थानको लागि गरिन लागिएको स्वच्छ उद्देश्य बोकेको कुनै पनि कार्यक्रमलाई हामीले साथ दिनु पर्दछ। यस कार्यक्रमलाई सफल बनाउनको लागि तपाईं हाम्रो पनि निकै ठुलो भूमिका हुन सक्छ। तर तामाङ सँस्कृतिको नाउँमा गरिने यस्ता कार्यक्रमले कतै हाम्रो समाजको नै नाक काट्ने काम चै नगरोस अथवा दुइचार दाम कमाउनु हाम्रो जातिको नाम नबेचियोस। जस्तो मिस तामाङ कार्यक्रमले गर्‍यो। यो विशुद्ध तामाङ गीत संगीत र सँस्क्रितिको कार्यक्रम होस् र यसमा बाहिरी गन्ध कती पनि नझल्कियोस। ता कि यसले आफ्नो ऐतिहासिकता कायम गर्नु सकोस। सम्पूर्ण तामाङ समाजको तर्फबाट आयोजकलाई अनुरोध साथै कार्यक्रमको सफलताको कामना। 
स्तम्भ: ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।