'तामाङ राजा हि्रन्जेन दोजर्जेको पुरानो दरवारको संरक्ष्ण्, संवर्द्धन र प्रवर्दनको जिम्मा अव राज्यले लिन जरुरी छ । तामाङ सुमदायका वीचमा संघीय राज्यको रुपमा शासन गर्दै आएका तामाङ राजाहरुले राज्य गरेको इतिहासलाइ प्रतिक्रीयावादी पुराना सामन्तहरुले नष्ट गरिदिए पछि उनीहरुको कुनै पनि लिखित प्रमाणको रुपमा अहिलेसम्म खासै आधारहरु फेला पारेको थिएन । तर सो समुदायले भने आफ्नो पूर्खहरुले विगतमा संघीय राज्य ब्यवस्था सञ्चालन गर्दै आएको कुराहरु मौलिक रुपमा भन्दै आएका छन् । जस मध्ये तेमालमा रहेको एेतिहाँसिक स्थल तेमालमा तामाङ राजा हि्रन्जेन दोर्जे दोङले शासन गर्दै आएको कुरा उल्लेख छ । त्यसको वारेमा त्यति धेरै जानकारीहरु इतिहासमा पाउन नसके पनि त्यहाँ सामन्ति राज्य ब्यवस्थाले शासन गर्दै आएको कुराहरुलार्इ उनीहरुले आफ्नो इतिहास लेख्दै जाने क्रममा केही ठाउँहरुमा यो समयमा यो ठाउँमा यसरी आक्रमण र विजय हासिल गरेको थियो भन्ने जस्ता कुराहरु उल्लेख गनर्ने वेलामा तेमाल राज्य र हि्रन्जेन दोजर्जे दोङले शासन गरेको कुराहरु उल्लेख भएको पाउन सकिन्छ । त्यहाँ विजय हासिल गर्नका लागि गरेको संघर्षका कुराहरु उल्लेख गरेकोबाट प्रमाण्हरुबाट अरु थप प्रमाण खोज्नलाइ सहयोग मिलेको छ । यसरी पाउने प्रमाण्ाहरु मध्येको एउटा ज्यादै चर्चित प्रशंग हो तेमाल राज्य र त्यस वेला शासन गर्ने तामाङ राजा हि्रन्जेन दोजर्जे दोङको पुरानो एेतिहासिक दरवारको उत्खनन् कार्य थालनी गर्दा केही पुराना अवशेष्ाहरु फेला पनर्नु । यसरी कुनै पनि लिखित र्इतिहास एवं मौलिक तथा स्थानीय जानिफकारहरुको भनार्इका आधारमा त्यतिवेला काभ्रेको तेमाल स्थित कानपुर गाविसको वडा नं. ६ कोट तेमालमा तामाङ राजा दोङले राज्य सञ्चालन गर्दै आएको दरवारको पुरानो अवशेष्ाहरु हालै मात्र उत्खनन् गरेको कार्यबाट केही प्रमाण्ाहरु फेला परेको छ । यो अहिलेको बन्न लागेको संघीय राज्य ब्यवस्था र नयाँ संविधानसंग जोड्ने मुख्य विष्ाय पनि हो । जसले अव बन्ने संविधानमा यसरी राज्यद्धारा दवाएका आदिवासी जनजातिहरुको गुमेको अधिकारलार्इ पुन स्थापित गर्न थप आधार बन्नेछ ।तामाङ समुदायले यसरी मौलिक रुपमा गर्दै आएको प्रमाण्ाकै आधारमा गत जेठ ७ गते पुरातत्वविद्को एक टोलीले सो स्थलको स्थलगत अनुगमन तथा निरीक्ष्ाण गरि त्यहाँको पुरानो दरवारको उत्खनन् गनर्ने काम सम्पन्न गरेको छ । पुरातत्व विभागका अनुसन्धान अधिकत मोहन सिं लामाको नेतत्वमा गएको टोलीले सो क्ष्ोत्रको उत्खनन् गरेको हो । जसमा अनुसन्धान उप(प्रमुख उद्धव आचार्य र सवर्वे इन्जीनियर पूर्ण श्रेष्ठ लगायतले सो क्ष्ोत्रमा पहिला दरवार रहेको कुरा उल्लेख गर्दै यसको संरक्ष्ाण्को लागि आवश्यक थप अनुसन्धान गनर्ने जनाएको छ । यति मात्रै होर्इन त्यहाँको वारेमा सरकारका उर्जा मन्त्रालयका सचिव श्यामप्रसाद मैनाली र शिक्ष्ा मन्त्रालयका पूर्व प्रवक्ता लवप्रसाद त्रिपाठी लगायतले समेत पहिला सो ठाउँमा तामाङ राजाको दरवार नै रहेको कुरा उल्लेख गर्दै उक्त क्ष्ोत्रको संरक्ष्ाण गनर्ने जिम्मा तामाङ समुदायको मात्र नभर्इ राज्यको नै भएकोले यसको संरक्ष्ाण्ामा राज्य नै लाग्नु पनर्े कुरा उल्लेख गरेको छ । यसै कुरालार्इ अन्य ब्यत्तmित्वहरुले भने त्यहाँ राजाको दरवार नभर्इ सैनिक अखडा अथवा सैनिक किल्ला हुन सक्ने अनुमान गरेका छन् । जेहोस् जसले जे भने पनि र्इतिहासमा आदिम कालमा तामाङ जातीले पनि आफ्नो संघीय ब्यवस्था सञ्चालन गर्दै आएको रहेछ भन्ने कुराको प्रमाण्ा यस अघि पुरातत्व विभागले गरेको तेमाल दरवारको उत्खनन्ले देखाएको छ । जहाँ सैनिक किल्ला नै भए पनि या तामाङ राजाको दवरवार जे भएपनि त्यतिवेला तामाङहरुले सञ्चालन गर्दै आएको राज्य ब्यवस्था सत्य हो भन्ने कुराको गरेमा हामी धेरै नजिक पुगेको छौं । अव यदि उनीहरुले भने झँ त्यो ठाउँ राजाको दरवार नै नभएर सैनिक किल्ला नै भए पनि विना राज्य ब्यवस्था सञ्चालनको कहाँबाट सैनिक किल्ला स्थापना भयो ? भन्ने प्रश्न उब्जिन्छ । त्यसकारण उनीहरुले भने जस्तै यदि त्यो ठाउँमा दरवार नै होर्इन भनेर कसैले ठोकुवाका साथ भन्छ भने दवरार चाही कहाँनिर हो त ? भन्ने कुराको खोजि कार्य गनर्नु त्यसरी भन्ने हरुको पनि दायित्व हो भन्ने कुरा यसरी भन्नेहरुले पनि बझ्न जरुरी छ । उक्त अवसरमा विभागको टोलीले गरेको उत्खनन्मा पूर्व, पश्चिम, उत्तर र दक्षिण मोहोडाबाट खनेर गरेको खोजतलासको क्रममा पुराना राजाको दरवारमा प्रयोगमा ल्याएको र्इंटा, चिम्टा, खुर्पा र अन्य विभिन्न प्रकारका अवशेष्हरु फेला पारेको छ । जसलार्इ स्थानीय तहमा गठन गरेको हि्रन्जेन दोजर्जे स्म्रिती प्रतिष्ठानले सुरक्ष्ाित अवस्थामा राखिएको छ । जसलार्इ अनुसन्धान कर्ताहरुले १७ आैं शताब्दीको र्इटा भएको बताएका छन् । त्यति मात्र नभएर त्यहाँका स्थानीय मौलिक इतिहासकारहरुले यहाँको अन्य प्रमाण्ाहरु यथेष्ट रुपमा भएको बताउँदै आएका छन् । तर यसको खोजी कार्यभने अझै राम्रोसंग हुन सकिरहेको छैन । यस कार्यको खोजी गनर्ने कार्य अब त्यहाँका स्थानीयहरुको मात्रै नभएर सिंगो राज्य नै भएको कारण यसप्रति राज्य नै जिम्मेवार हुन आवश्यक छ । तर पनि यसप्रति राज्य भने अझै मौन रहेको छ । यसप्रति स्थानीयहरु तथा तामाङ समुदायहरु चिन्तित बनेका छन् ।यस विष्ायमा राज्यलाइ तामाङ समुदायको इतिहासको संस्थागत विकास र त्यसको संरक्ष्ाण्ाका लागि अब राज्य गम्भीर हुनु पनर्ने माग गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने प्रतिष्ठानले जनाएको छ । यसैवीच तेमाल दरवार र त्यहाँ उत्खनन् गरिदा भेटिएका वस्तुहरुको संरक्ष्ाण्ा गर्नका लागि सरकारको गम्भिर ध्यानाकर्ष्ाण गर्न विभिन्न अन्तर्क्रीया कार्यक्रम तथा छलफल सञ्चालन गर्दै आएको छ । यस कार्यमा स्थानीय राजनीतिक दल, सम्पूर्ण दलिय प्रतिनिधिहरुले समेत चासो देखाउनु पर्ने जरुरी भएको छ । एकीक ृत नेकपा माओवादीको तफबाट काभ्रेको १ नं. निर्वाचन क्ष्ोत्रबाट संविधान सभाका सभासद सूर्यमान दोङ(लालध्वज) ले यसको जिम्मा राज्यले लिनु पनर्ने बताउनु भएको छ । संघीय राज्यको ज्वलन्त उदाहरण तामाङ राजा हि्रन्जेन दोजर्जे दोङको दरबारको उत्खनन् पछिको अवस्थाले अहिले एेतिहासिक कुराको पुष्टि हुँदै आएको छ । शाही राजाको शासन कालको एकताको प्रतिक भनेर चिनिने राजा प्रीथ्वीनारायण शाहले एकीकरण गर्नु पूर्व भएको वाइसे र चौवीसे राज्यको पालाका तामाङ राजाले शासन गरेको ठाउँ तेमालको वारेमा इतिहासमा खासै लिखित रुपमा भेट्न नसके पनि मौलिक रुपमा सुन्दै आएको कुरा केही महिना अगाडिको पुरातत्व विभागको टोलीले गरेको उत्खनन्बाट फेला परेको पुरानो अवशेष्ाहरुबाट पुष्टि हुँदै आएको छ । यो संरक्ष्ाण गर्ने जिम्मा ब्यक्तीको नभइ राज्यको भएकाले यस प्रति राज्य गम्भिर हुन जरुरी छ ।
ताम्सालिङ प्रदेश र तेमाल दरवारसंग जोडिएको संघीय राज्यको प्रश्न.
-पेमा लामा