घिसिङ एक थर हो। यसको आदिथलो तिब्बतको सेर्गी राज्यको सेर गुम्बा हो। यही सेरगिबासी नै कालान्तरमा आएर घिसीङ थरी भए भनिन्छ। आन्द्रबुङ, तलेच्यु, कार्जु, मेदी, फेताली, तालाचुली, लजाली, मार्गि, दोरम्बा यस थरको किपट थलो मानिन्छ। जहाँबाट घिसिङहरु देश, देश बहिर पुगेका हुन भनिन्छ। उनिहरुको कुल देवता लुगुग्युचाङमर हो। घिसिङको लो र ग्लान सगोत्री थरहरु हुन। सेरघोङ ग्याल्साका राजावंशिहरुका सेनामा प्रवेश भएपश्चात ती सैनिक सन्तानअहरुले घिसिङ लेखन र भन्न थालेका हुन भन्ने ऐतिहासिक मत छ। अर्को एक ऐतिहासिक मत अनुसार पाँच पुर्खाको कथा अनुसार मोक्तान काठमाण्डौ उपत्यकाको बौद्ध स्तुपाको निर्माण सम्पन्न भएपछी तिब्बतको साम्य गुम्बा बनाउन उनिहरुको पुर्खाहरु गुरु पद्द्मासम्भवसँग पुगेका थिए भनिन्छ। साथै घिसिङ्ले भक्तपुरको नगरकोट र रामेछापअको तलेच्युमा राज्य चलाएका थिए। तलेच्यु, स्यार, नालदुम घिसिङका गोत्र(प्रकार)हरु हुन। एक अर्को कथान अनुसार ब्रुसिङ नाम गरेको वनस्पतिबाट औषधी तयार गर्ने वैद्द्यहरु नै कालान्तरमा घिसिङ थरी भएका हुन भनिन्छ। घिसिङहरुको ग्याबकसँग मितेरी साईनो रहेकोले उनिहरु सकभर बिहेबारी चलाऊँदैनन। घिसिङहरुको पुर्खाको नाम गोबग्यु रिम्पोर्छे हो।
पुर्वेली तामाङहरुका पाँच(खे ङा)को यात्रा व्रितान्त अनुसार नेपालमा प्रवेश गर्दा उनिहरु दोङ, मोक्तान, बल, ह्योन्जन र ब्रोप्चन थिए। यसमध्येका घिसिङ्हरु तलेच्युमा गढी बनाइ राज्य चलाएर बसेका थिए। उनिहरुलाई दोलखाका नेवार राजाले शिकारी काजी व्याधाको रुपमा नियुक्त गरेका थिए भन्ने ऐतिहासिक मत छ। पछी नेवार राजासँग मनमुटाव भएपछी तलेच्युमा घिसिङहरुले स्वतन्त्रतापुर्वक राज्य चलाए। सोही बखत घिसिङ राजाले दश तले दरबार र घोडा राख्ने तबेलाहरु बनाएका थिए। जसको भगनावशेष हालसम्म पनि देख्न सकिन्छ। पछी घिसिङ राजाले जेठि तेमालको बल थरकी श्रीमती हुँदा हुँदै पनि लिसंखुका ह्योन्जन थरकी कान्छी श्रीमती विवाह गरेर ल्याएकोले उनकी जिठी श्रीमती माइत गइन। माइत जाँदा कुलपुजा गर्ने पुस्तक लिएर गइछन। त्यसैले घिसिङका कुलपूजा कसरी गर्ने भन्ने सन्दर्भ चलेमा तेमाल जानुपर्छ हन्ने कहावत नै छ। तलेच्युका घिसिङहरुलाई यस घटनापछी समाजअले आदर सत्कार नगरेपछी उनिहरु टनगममा बसाइ सरे। कालान्तरमा त्यहिंबाट देशदेशावर पुगेका हुन भनिन्छ। अर्को एक ऐतिहासिक मत अनुसार मकवानपुरको बेतिनी र भक्तपुरको नगरकोट, नालदुममा पनि घिसिङ थरी राजा रहेको र जसलाई पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा हराएका थिए भनिन्छ। त्यस्तै धार्मिक किंवदन्ती अनुसार घिसिङ्हरु पुर्वको देशमा उत्पत्ती भेका हुन। जहाँ उनिहरुले च्याङ्रेसी नामको कुल देवता माने। उनिहरुले कुलको ध्यान गरी आफुमा प्राप्त शक्तिबाट धुप बाल्दा बादलहरु फाटेर गएछन र छ्याइछ्युइ गर्दा बालिनाली सप्रेको थियो रे पनि भनिन्छ।
![]() |
| घिसिङहरुको आदिथलो सेर गुम्बा तिब्बत |
नोट: प्रस्तुत सामाग्री रविन्द्र ग्यावक तामाङद्धार सङ्कलित तथा सम्पादित पुस्तक "तामाङ" थरबाट लिइएको हो।
