बुद्धका महत्वपूर्ण चार मार्गहरु:

महामनव सिद्धार्थकुमार गौतमद्धारा विना कुनै धर्मको दर्शन र विना गुरु नै छ वर्षको कठोर अलौकिक अभ्यासअद्धारा बुद्धत्व प्राप्त गर्नुभै सम्यक सम्बुद्ध हुनुभयो। अर्थात सबै ज्ञानबाट निपूर्ण हुनुभयो। 

चेतनशिल मानव जातिहरुको भौतिक शरीरप्रती बुद्धले पत्ता लगाउनुभएको चार मार्गहरु यसप्रकार रहेका छन: १) शान्ती, २) अहिंसा परमोधर्मा, ३) दु:ख आर्यसत्य, ४) आर्यस्ह्टाङिक मार्ग पर्दछ। यी मार्गहरु नै बुद्धको मूल दर्शन र सिद्धान्तहरु हुन। 

शान्तिमार्ग: हिंसा, रीस्-राग, द्धेष, अहंकार, अभिमान र मोह आदिलाई त्यागी करुणामय भावनाद्धारा मनलाई स्थिर राखी शान्तिपूर्ण बातावरणको बिकास गरेर सभ्य मानव जीवन यापन गर्नु प्र्यतेक मानवजातिको महत्वपूर्ण शान्तिमार्ग हो। अहिंसा परमोधर्मा: यस भवसागरमा सृष्टी भई जीवनयापन गर्ने चेतनशिल मानवजाती लगायत सर्व-प्राणीहरु सबैलाई माया, दया र करुणामय उदार भावना राखी अहिंसावादको सिद्धान्तप्रती अभिमुख भई कुशल कार्य गर्नु बुद्धको सही मार्गनिर्देशन हो। दु:ख आर्यसत्य: मानव जन्म लिनु पनि दु:ख हो। बुढो हुनु पनि दु:ख हो। मरण हुनु पनि दु:ख हो। शारिरिक पिडा र मानसिक पिडा हुनु पनि दु:ख हो। चित्तमा धेरै आशान्त हुनु पनि दु:ख हो।  मनले जो इच्छा गरिन्छ त्यो नपाउनु पनि दु:ख नै हो। र यी दु:खबाट मुक्ती अर्थात निर्वाण प्राप्त गर्नुको लागि माथि उल्लेखित शान्ती एवं आचरणको मार्गहरु आदी भगवान बुद्धको अती उपयोगी गतिशिल दर्शनका रुपमा आधारित छन।  
अर्याष्टाङ्गिक मार्ग: जाँघ, पाउ, हात, छाती, शिर, दृष्टि, वचन र बुद्धी हुन। संस्क्रितमा: सम्यक दृष्टि। सम्यक संकल्प। सम्यक वाक। सम्यक कर्म। सम्यक आजिविका। सम्यक व्यायाम। सम्यक स्मृति र सम्यक समाधी पनि भन्ने गरिन्छ। यी शिल, समाधी र प्रज्ञा गरी तीन वटा प्रमुख वर्गमा वर्गिकरण गरी देखाइएका छन। जसमा समाधी प्राप्त भए पछी प्राज्ञ प्राप्त हुन्छ। प्राज्ञ प्राप्त भएमा दु:ख र दु:खका कारक तत्वहरुलाई निर्मुल गरी अन्त्यमा निर्वाणमा पुग्न सकिन्छ। 

आर्यष्टाङ्गिक मार्गहरुको व्याख्या जस्ताइ: १) सम्यक दृष्टि: दु:ख के हो? त्रिष्णाको अन्त्यबाट दु:ख समाप्त हुन्छ। कुशल र अकुशल छुट्याउन सक्नु र त्यसको मूल कारण जान्न सक्नु अर्थात संक्षेपमा भन्नुपर्दा समझदारी र करुणामय मित्रताको सम्बन्ध कायम हुनु हो। २) सम्यक सङ्कल्प: आफ्नो चित्तले सधैं अहिंसावादप्रती द्रिढ भई त्यसको पालन गर्नु र प्रत्येक व्यक्तिले जीवन सफल पार्ने उद्देश्यले गन्तव्य स्थानमा पुग्ने शान्तिमार्गको अनुसरण गर्नु हो। ३)सम्यक वचन: आफ्नो वचनलाई सम्हालेर वचनद्धारा हुने अपराधीक कार्यलाई ख्याल राखी सत्य र तथ्य बोल्नु र कटु शब्द प्रयोग नगर्नु, साथै आकर्षक एवं प्रिय गुणवाणी शब्दहरु बोल्नु हो। ४) सम्यक कर्म: प्राणीहिंसा, चोरी, डकैती, व्यभिचार र विविध कु-कर्म आदिबाट वन्चित भई नि:स्वार्थी भावना राखी शान्तिपूर्ण बातावरणको मार्गमा अभिमुख हुनु हो। ५) सम्यक आजिविका: कसैप्रती शोषन-दमन, अन्याय्-अत्याचार र भ्रष्टचार गरी जिविकोपार्जन नगरनु। कुनै पनि धार्मिक शास्त्र, प्रानी-मांस, विष र मनिस देहव्यापार आदिको व्यापार नगरनु हो। ६) सम्यक व्यायाम: कुनै अनैतीक कार्यबाट नभइ आफ्नो करुणामय भावनाद्धारा चित्तलाई नियन्त्रण गरी आन्त्मनियन्त्रणलाई अभिव्रिद्धी गर्ने तिर अभिमुख हुनु हो। ७) सम्यक स्मृति: यो भौतिक मानब जीवनमा प्रवहलाई  अकुशल कार्यहरुप्रती सजगता अपनाइ निरन्तर रुपमा होश पुर्याउँदै सरल तरिकाले जीवनयापन गर्नाले शुभ-संस्कारको सन्चय हुनु हो।  र अन्त्यमा ८) सम्यक समाधी: प्रत्येक मानवजातिको चित्तमा भएका भावनामय विचारधारालाई एकाग्रता गरेर आफ्नो खुबिको बिकास गरी सभ्य र चेतनशील व्यक्तित्वको निर्माण गर्नु हो। साथै जीवन के हो भन्ने कुरा बिस्तारइ अवगत हुँदै जान्छ। अनी आफ्नो भावनामय चित्तलाई एउटै कुशल कार्यमा अवलम्बन गरी एकाग्रतातिर लाग्नु पर्छ। त्यसपछी दुर्गुणहरु निर्मुल भएर गुणकारी र पुण्यकारी भावनाको प्रतिसुखानुभुती प्राप्त हुनेछ। 

यसरी बुद्धद्धारा आफ्नो धर्म दर्शनलाई प्रचार्-प्रसार गरी बहुजन हिताय, बहुजन सुखाय, एक नविन समाजको संस्थापकको रुपमा सुर्यजस्तै(तेजस्वी) चम्किरहेका छन। बुद्धले वर्णव्यवस्थामा आधारइत जातिवाद, सामाजिक असमानता, आर्थिक उँचनिचको आधारमा गरिने भेदभव, लैङ्गिक असमानता, धार्मिक शोषण  एवम सामाजिक शोषण आदी मानवता विरोधी साँस्कृतिक, कु-सँस्कारका साथै अमानविय परम्पराको विपक्षमा आमुल परिवर्तन र प्रगतिशिल पाइला अगाडि चाल्नु भनेको मानव तथा प्राणी जगतको लागि हितकामी, सुखकामी र व्यवहारिक जीवन पद्धतीसङ्ग सम्बन्धित छ। यी विविध कारणहरुले गर्दा हितकामी, सुखकामी धर्मको रुपमा बुद्ध शिक्षालाई सबैले हृदयदेखी नै अँगाल्नु मानवजगतको टड्कारो आवश्यकता र दाअयित्व देखिन्छ।   

नोट: प्रस्तुत सामाग्री सिङमान ख्युङ्बा तामाङ्को पुस्तक "बुद्धका मानवतावादी उपदेश" बाट सभार गरिएको हो। 

"म जुन कुरा भन्दछु आँखा चिम्लेर विश्वास नगर। त्यसलाई गहिरोसँग अभ्यास गर। अनी तिमीलाई जुन कुरा ठीक लाग्छ त्यो नै तिम्रो लागि सही मार्ग हुनेछ।" -बुद्ध 
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।