आदिवासी जनजाति पत्रकारसंघको प्रभातफेरी , साउन२३ गते

सन्चु ब्लोन-आदिवासी जनजाति पत्रकार संघ अनिज ले आज आफ्नो १२ औं स्थापनादिवसको अवसरमा राजधानिमा प्रभातफेरी निकालेको छ । आज विहान भृकुटीमण्डपवाट शुरु भएको प्रभातफेरी शहीद गेट सुन्धारा रत्नपार्क हुदै पुनःभृकुटीमण्डपमै पुगेर कोण सभामा परिणत भएको थियो । 

कोणसभामा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राज कुमार लेखी महिला महासंघका अध्यक्ष चन्द्रकला गुरुङ सभासदहरु पासाङ शेर्पा र सिता गुरुङ नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोविन्द आचार्य मगर पत्रकार संघका मनोज घर्तिमगर किराँत राई पत्रकार संघका अध्यक्ष पदम राई अनिजका केन्द्रिय अध्यक्ष मोहनिसं लामा लगायतले सम्बोधन गर्नु भएको थियो । 
सो कार्यक्रममा विभिन्न सचारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकार र गैरआदिवासी पत्रकारहरुको सहभागीता रहेको थियो ।
अनिजले आजै दिउसो ३ वजे प्रज्ञा भवन कमलादीमा आफ्नो स्थापना दिवसको अवसरमा जलपान कार्यक्रम आयोजना गदैछ ।

स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।