विश्व आदिवासी दिवसको अवसरमा जलपान

नेपाल आदिवासी जनजाति महासंघले १६औं विश्व आधिवासी दिवसको अवसर पारेर शनिबार जलपान कार्यक्रमको आयोजना गर्‍यो ।
नयाँ बोश्वरमा आयोजना गरिएको कार्यक्रममा सभामुख सुभाष नेम्वाङ, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु सहभागी थिए ।
नेताहरुले आदिवासी जनजातिहरुको अधिकारलाई सुनिश्चित गर्नका लागि यस्ता खालका कार्यक्रमहरुले सघाउ पर्‍ुयाउने बताएका थिए । महासंघका अध्यक्ष राजकुमार लेखीले आदिवासी जनजातिहरुको सवाल र समस्याहरुका बारेमा ध्यानाकर्षा गराउन र शुभकामना अदानप्रदान गर्न जलपान आयोजना गरिएको बताए । करिव दुइ हजार आदिवासी जनजाति अगुवा तथा शुभचिन्तकहरु कार्यक्रममा सहभागी भएका थिए ।
विश्व आदिवासी दिवसको तयारी
नेपाल आदिवासी जनजाति महासङ्घ मोरङ्ग समन्वय समितिले १६ औं विश्व आदिवासी दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ ।
'आदिवासी जनजातिका सबै विभेद र उत्पीडनको अन्त्य गर्ने अभियान, जाति भाषा र ऐतिहासिक आधारमा राज्य पुनःसंरचना सुनिश्चित भएको संविधान निर्माण' भन्ने नाराका साथ यही साउन २४ गते विश्व आदिवासी दिवस मोरङ्ग जिल्लामा भव्यरुपमा मनाउने तयारी पुरा भएको जनाएको छ ।
सङ्घ र आदिवासी पत्रकार सङ्घद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका मोरङ्ग अध्यक्ष देवराज चौधरीले आदिवासी जानजातिको भाषा, संस्कृतिको पहिचान, लोप हुन लागेको कलासंस्कृतिको संरक्षण र उनीहरुको जीवनस्तरमाथि उठाउनु नै महोत्सवको उद्देश्य रहेको बताए ।
मोरङ्गको जनसङ्ख्याको करिब ३९.२५ प्रतिशत अर्थात् करिब तीनलाख आदिवासी जनजातिको सङ्ख्या रहेको छ ।
 -कान्तिपुर 
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।