आदिवासी जनजाति महासंघको देशव्यापी चक्काजाम

जातीय पहिचानको आधारमा स*घियता सहित चाडो सविधान जारि हुनु पर्ने माग राख्दै विगत एक महिनादेखि आन्दोलनरत नेपाल आदिवासी जनजाती महासंघले आज आह्वान गरेको देशव्यापी चक्काजाम सकिएकोछ. देशभरी नै चक्काजमको प्रभाव परेको थियो. महासंघले विज्ञप्ति निकली कार्यक्रम सफल भएको र प्रहरीले प्रदर्शनमा हस्तक्षेप गारे १००० भन्दा बढ़ी कार्यकर्ता, अगुवालैल पक्राऊ गरेको जनाएकोछा. पक्राव परेका अधिका*श रिहा भए पनी गाड़ी तोड्फोद्मा संलग्न भनी आरोप लगे दुई कार्यकर्तालाई सार्वजनिक मुद्दा चलौना लगेकोमा महासंघले आपत्ति जनौदै स्थिति भयाबह हुनासकें चेतावनी दिएकोछा. 

चक्काजाम कार्यक्रमपछि महासंघले निकालेको विज्ञप्ति: 

प्रमुख राजनीतिक दलहरु नयाँ संविधान निर्माणमा केन्द्रीत नभई कसरी सत्तामा पुग्ने भन्ने फोहोरी खेलमा मात्र लिप्त भइरहेको घटनाले दलहरु नयाँ संविधान निर्माण गर्ने कार्यमा उदासिन छ भन्ने पुष्टि हुन्छ । दलहरुको यही व्यवहार केही समय जारी रहे थपिएको एक वर्षमा पनि संविधान नबन्ने निश्चित छ । दलहरुको पछिल्लो गतिविधिले त्यो खतरा झन बढ्दै गएको छ । नयाँ संविधान निर्माणबाट मात्र आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यक, मुस्लिम लगायतका समुदायको हक अधिकार सुनिश्चित हुने भएकोले तोकिएको समयमा नै नयाँ संविधान जारी गर्न नेपाल आदिवासी जनाजति महासंघले लगतार रुपमा दवावमुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसक्रममा आज एक महिने आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा देशव्यापी यातायात बन्द तथा चक्काजामको आह्वान गरेको हो ।  
देशव्यापी चक्काजामको स्वतः स्फुर्त रुपमा सफल भइरहेको बेला शान्तिपूर्ण विरोध प्रदर्शनका लागि सडकमा उत्रेका आन्दोलनकारीमाथि सरकार बर्बर दमनमा उत्रेको छ । यसक्रममा राजधानीमा मात्रै करिब २ सय जना आदिवासी जनजाति नेता कार्यकर्ता पक्राउ परेका छन् भने देशभर गरी १ हजार बढी पक्राउ परेका छन् । यस्तै शान्तिपूर्ण आन्दोलनका दर्जनौ सहभागीहरु प्रहरी कुटपिटका कारण घाइते समेत भएका छन् ।
प्रदर्शनका क्रममा महासंघका उपाध्यक्षहरु नोर्वु घले, इन्दिरा जिमी याक्खा, महासचिव आङकाजी शेर्पा, सविच कुमार ल्बोन, कोषाध्यक्ष डण्डु शेर्पा लगायत पक्राउ परेका छन् । यस्तै महिला महासंघकी अध्यक्ष चन्द्रकला गुरुङ, विद्यार्थी महासंघका अध्यक्ष नविन लिम्बु, उपाध्यक्ष रोहीत गुरुङ, तामाङ घेदुङका अध्यक्ष धनबहादुर तामाङ, गुरुङ राष्टिय परिषदका महासचिव रेशम गुरुङ लगायत सयौं आदिवासी जनजाति नेता कार्यकर्ताहरु राजधानीको विभिन्न स्थानबाट बिहानै पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सातदोबाटोबाट किराँत राई यायोक्खाका अध्यक्ष चतुर्भक्ता राई, उपाध्यक्ष दुर्ग राई, सचिव दिवश राइर्, केन्द्रीय सदस्यहरु जयन्ती राई, भोगीराज राई, देवीभक्त राई पक्राउ परेका छन् । यस्तै सुमन राई,  जनक राई, धिरेन्द्र रुम्जाली, खिलाराज राई भद्रगोल किराँती, कपील राई, सन्तोष राई, पुरन राई, रविन राई, ध्रुव कुमार राई सन्तोष राई सात दोबाटोबाट पक्राउ परेका छन् ।
यसैगरी कलंकीबाट पक्राउ पर्नेहरुमा नेपाल मगरसंघका महासचिव गंगा थापा मगर, राजेन्द्र थापा मगर, ज्ञानेन्द्र पुन मगर, शिवचन्द्र मण्डल शुक्र मण्डल, महेन्द्र थापा मगर, विष्णु रग्मीमगर, नरबहादुर मगर , माधाव दर्लामी मगर, नरेन्द्र थापा मगर , होमराज खपाङ्गी मगर, हरि पाटामगर , सुस्मिता थापा, गणेश थापा मगर, प्रेम बहादुर रेश्मी मगर लगायत पक्राउ परेका छन् ।
यसैगरी बालजुबाट पक्राउ पर्नेहरुमा विजय लोप्चन, पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ, पृथ्वीमान गुरुङ, विशाल तामाङ, के बी गुरुङ, नन्दराज गुरुङ, मनकुमारी गुरुङ, भगवती गुरुङ, दिलिप सिंह गुरुूङ, गंगा बहादुर  गुरुङ, फुरसिंह गुरुङ, मनलाल गुरुङ, जनु थकाली, जगत बराम, राहीत गुरुङ, राम गुरुङ, बाधराज गुरुङ, गजेन्द्र छन्त्याल लगायत पक्राउ परेका छन ।
यसैगरी महाराजगन्ज चक्रपथबाट सर्वधन राई सुभाष राई, मुगाशेर राई, राजकुमार बुढामगर, राजेन्द्र थापा लगायत पक्राउ परेका छन् भने् बौद्धबाट भुजुङ योल्मो, पेमादोर्जे ह्याल्मो, दावा साङबो ह्योल्मो, कृष्ण श्रेष्ठ, दिलिप लामा, अनिष लामा, लाक्पा शेर्पा, वाङछु शेर्पा नोर्साङ शेर्पा कुरुङ ह्याल्मो, साकी शेर्पा, फुरीता शेर्पा, कर्म शेर्पा , लवाङ घ्याम्छो् तामाङ र आङ दोर्जे शेर्पा पक्राउ परेका छन् । यस्तै नयाँ बानेश्वरबाट हुरीलाल चौधरी र अवधेश राना थारुलाई पक्राउ गरेको छ।
आदिवासी जनजाति महसंघको शान्तिपूर्ण आन्दोलन दवाउन सरकारबाट भएको यो बर्बरतापूर्ण रबैयाको महासंघ घोर भत्सर्ना गर्दछ । शान्तिपूर्ण आन्दोनलमा उत्रेका आदिवासी जनजातिहरुलाई उत्तेजित बनाएर परिस्थितिलाई जटिलता बनाउन खोज्ने यसप्रकारको हरकतको निन्दा गर्दै पक्राउ परेका सबैलाई तत्काल बिना सर्त रिहाइ गर्न महासंघ सरकारलाई आग्रह गर्दछ । आफ्नो हक अधिकार स्थापनाको लागि शान्ति पूर्ण आन्दोलनमा उत्रिएका आदिवासी जनजातिमाथिको यो दमन जारी रहे आगमी भदौ पहिलो साताबाट थप सशक्त आन्दोलन घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिन चहान्छ ।
अन्त्यमा, महासंघको एक महिने आन्दोलनको अन्तिम कार्यक्रमको रुपमा आयोजना भएको चक्काजाम तथा यातयात बन्द कार्यक्रमलाई सफल पर्न सहयोग पुर्याउनु हने सम्पूर्ण नेपाली नागरिक, पेशा व्यवसायीहरु तथा आदिवासी जनजाति समुदायमा हार्दिक आभार व्यक्त गर्दै संविधान निर्माण सुनिश्चितको लागि जारी रहने नेपाल आदिवासी जनजाति महासंघको आगमी कार्यक्रमहरुलाई पनि सफल पार्नको लागि अनुरोध गर्दछु । धन्यवाद ।
 राजकुमार लेखी थारु
अध्यक्ष


स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।