आदिवासी जनजातिद्वारा साउन ३० गते देशब्यापी चक्काजाम घोषणा

काठमाडौ २७ साउन । तोकिएको समय भित्रै शान्ति र संविधानको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले यही साउन ३० गते देशव्यापी चक्का जाम गर्ने भएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन आयोजना गरी चक्का जामको घोषणा बारे जानकमारी गराउको हो । दलहरु सत्ता प्राप्तिका लागि मात्र केन्द्रीत हुँदै जाँदा थपिएको एक बर्षमा पनि संविधान जारी हुने सम्भावना कम हुँदै गएको भन्दै दलहरुलाई खबरदारी गर्न महासंघ आन्दोलमा उत्रेको महासंघका अधयक्ष राजकुमार लेखीले बताउनु भयो ।
ुहामीले मुलुकका तीन करोड जनताले समयमै संविधान पाउनु पर्छ भनेर आन्दोलनको घोषणा गरेका हौंु उहाले भन्नुभयो ुयो आन्दोलनको उद्देश्य शान्ति र संविधान भन्दा हरु केही छैन ।ु महासंघले यसअघि साउन २ गतेदेखि नै विभिन्न प्रचारात्मक आन्दोलन गर्दै आएको थियो । पहिलो चरणको अन्तिम् कार्यक्रम अनुसार साउन २९ गते साँझ मशाल जुलुस र ३० गते देशव्यापी चक्काजाम गर्न महासंघले जनाएको छ ।
यसअघि जेठ १४ गते संविधानसभाको समयावधी सकिन लाग्दा महासंघले संविधानसभा बचाउ अभियान स्वरुप संविधानसभा भवन अगाडि अनिश्चितकालिन धर्ना बसेको थियो । महासंघले संविधानसभाबाट मात्र आदिवासी जनजाति दलित महिला मधेसीलगायतका सबै उपेक्षित उत्पीडितहरुको अधिकार सुनिश्चित हुन सकिने बताउँदै आएको छ । ३० गतेको चक्का जाममा एम्बुलेन्स दमकल पर्यटक पत्रकारलगायतका अतिआवश्यकीय सेवाहरुलाई सुचारु हुन दिने उल्लेख गरेको छ ।

Source: Nepali News
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।