पुस्तक विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न।

गायक तथा सङ्गीतकार चन्द्रकुमार दोङ्लाई लास्सो पुरस्कारबाट सम्मानित गरिदै।तस्विर तामाङ समाज डट कम 
आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी लास्सो थेत्माले तामाङ समुदायको लागि योगदान पुर्याउने व्यक्तित्वहरुलाई वर्षेनी प्रदान गर्दै आएको लास्सो पुरस्कार यसपाली गायक तथा सङ्गितकार चन्द्र कुमार दोङ्लाई प्रदान गरेको छ। लामो समयदेखी तामाङ गीत सङ्गित क्षेत्रमा लागिरहनु भएका दोङलाई आफ्नो जातिको संगीतइक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको लागि उक्त सम्मान गरिएको हो। त्यसै यसपालिको कालिका नारी पुरस्कारबाट कवियत्री अश्मिता थिङ सम्मानित हुनुभएकोछ। सोही कार्यक्रममा रविन्द्र तामाङ ग्यावकद्धारा सङ्कलित र सम्पादित एवं तामाङ मिडिया एन्ड मार्केटिङले प्रकाशित गरेको तामाङ थर नामक पुस्तकको विमोचन गरियो। 
स्तम्भ:

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।