तामाङ म्युजिक एन्ड फिल्म अवार्ड सम्पन्न

प्रमुख  अतिथी टुल्कु लोपसाङ नाम्गेल रिम्पोर्छे

तामाङ कलाकारहरु डम्फु र टुङ्नाको साथमा गीत गाउँदै
सेलो नाच प्रस्तुत गर्दै कलाकारहरु
तामाङ चौतारी समुहले तामाङ समाजको ईतिहासमै पहिलोपल्ट आयोजना गरिएको, र एक ऐतिहासिक कार्यक्रमको रुपमा घोषणा गरेको 'तामाङ फिल्म एन्ड म्युजिक अवार्ड-२०६७' सम्पन्न भएकोछ। विविध प्राविधिक त्रुटिका बाबजुद कार्यक्रमको प्रस्तुती र उद्देश्य निकै सराहनिय र हेर्न लायकको थियो। भनिएको भन्दा कारीब एक डेढ घण्टा ढिलो गरी सुरु भएको कार्यक्र्मको प्रमुख  अतिथी टुल्कु लोपसाङ नाम्गेल रिम्पोर्छे(तेस्रो अवतारी)ले उदघाटन म्हार्मे बालेर गर्नुभएको थियो। तामाङ जीवनशैली, कला र संस्क्रिती झल्किने प्रस्तुती सहित कार्यक्रम शुरु गरिएको थियो। कार्यक्रममा प्रस्तुत गरेको डम्फु र टुङ्ना(डाम्ङ्यान) सहितको सेलो गीत र घोडा नाच निकै आकर्षक र कार्यक्रमलाई तामाङपन दिन सफल रह्यो। कार्यक्रममा सर्वप्रथम तामाङ गीतको क्यासेट एल्बम प्रकाशन गर्नुहुने र वारीष्ठ तामाङ गायक चन्द्र कुमार मोक्तान र पहिलो तामाङ चलचित्र(सेमरी छोराङान) बनाएर योगदान पुर्‍याउनुहुने वरीष्ठ कलाकार जयन्द लामालाई लाईफ टाईम अचिवमेन्ट सम्मान प्रदान गरिएको थियो।    

तामाङ गीतसंगित र चलचित्रलाई समेटेर जम्मा ३३ वटा विधामा अवार्ड प्रदान गरिएको थियो। अवार्ड विधा र विजेताहरुको सुची यसप्रकार रहेको छ: 
(लाईफटाइम अचिवमेन्ट सहित ३३ विधा)
१) उत्कृष्ट क्यामेराम्यान-धन बहादुर तामाङ 
२) उत्कृष्ट न्रित्य निर्देशक्-दिनेश पाख्रिन 
३) उत्कृष्ट द्धन्द निर्देशक्-राम/जनक 
४) उत्कृष्ट चलचित्र गीत लेखन्-प्रकाश ब्लोन 
५) उत्कृष्ट कथा-जामे चलचित्र 
६) उत्कृष्ट गीतकार- छेवाङतेन्जिङ लामा 
७) उत्कृष्ट द्धन्द कलाकार- कार्साङ लामा 
८) उत्कृष्ट संगीत संयोजक्-चन्द्र कुमार दोङ 
९) उत्कृष्ट संगीत संयोजक फिल्म्-चन्द्र कुमार दोङ 
१०) उत्कृष्ट गायन सोलो-रामबाबु ह्योन्जन 
११)उत्कृष्ट दोहोरी गीत-लादा मोने 
१२) उत्कृष्ट गीत राष्ट्रिय भावना-छेवाङतेन्जिङ लामा 
१३) उत्कृष्ट चलचित्र  गीत-आमाला माया 
१४) सर्वाधिक चर्चित गित्-डेन्मुला(रमबाबु ह्योन्जन) 
१५) उत्कृष्ट एकल तामाङसेलो गीत-योगिता मोक्तान 
१६)  उत्कृष्ट दोहोरी तामाङसेलो गित्-चन्द्र कुमार दोङ्+इन्दिरा गोले 
१७) सर्वाधिक चर्चित चलचित्र-गोदेबा 
१८) उत्कृष्ट तामाङ्सेलो गायन पुरुष्-सोनम बज्यु 
१९) उत्कृष्ट तामाङसेलो गायन महिला-योगिता मोक्तान 
२०) उत्कृष्ट तामासेलो एलबम-तुलशा वाइबा+इन्दिरा ह्योन्जन्(सेलो सङ्गम) 
२१) उत्कृष्ट पार्श्व गायन पुरुश्-सन्तोष लामा
२२) उत्कृष्ट पार्श्व गायन महिला- शशिकला मोक्तान  
२३) उत्कृष्ट तामाङ गायक्-रामबाबु ह्योन्जन 
२४) उत्कृष्ट तामाङ गायिका-शशिकला मोक्तान 
२५) उत्कृष्ट एलबम-डेनमुला(रामबाबु ह्योन्जन) 
२६) सर्वोत्क्रिष्ट नायक-सन्दिप स्याङतान 
२७) सर्वोत्क्रिष्ट नायिका-लता ह्योन्जन 
२८) उत्कृष्ट चलचित्र निर्देशक्-हिरालाल ब्लोन 


२९) उत्कृष्ट तामाङ म्युजिक भिडियो-ज्योमो ग्याङ ह्राङ(रामबाबु ह्योन्जन)  
३०) उत्कृष्ट सेलो भिडियो-आपाले ल्याको(जमुना ह्योन्जन)  
३१) उत्कृष्ट तामाङ म्युजिक भिडियो निर्देशक-पूर्ण थापा 
३२) उत्कृष्ट सेलो म्युजिक भिडियो निर्देशक-शिव बिक
दर्शकले भरिएको राष्ट्रिय नाचघर


स्तम्भ: ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।