तामाङ गीति क्षेत्रका प्रतिभाशाली व्यक्तित्व:मोक्तान

-प्रतिक ङेस्युर
तामाङ गीत सङ्गितको फाँटमा बहुचर्चित साह्रै लोकप्रिय र एकजना प्रतिभाशाली गायक कलाकार हुनुहुन्च-चन्द्रकुमार मोक्तान। गीत संगितको क्षेत्रमा करिब दुई दशक जती समय बिताइसक्नुभएको कलाकार मोक्तानको बाल्यकालदेखी वर्तमानसम्मको जीवनको यात्राको बारेमा यहाँ जानकारी दिने प्रयास गरिएकोछ।  

घरको आर्थिक स्थिती खनालाउन जतिसुकै पुग्ने पुग्ने थियो। तापनी मोक्तानले गाउँको परीवेशभित्रै आफुलाई कैद गराइराख्न चाहनुभएन। लाहुर गएर पैसा कमाएर चिटिक्क पर्दै गाउँका ठिटाहरु फर्केर आउने गरेको कुरा वहाँले सुनेको मात्र नभै देख्नु भएको पनि थियो। वहाँको मनभित्र पनि विदेश गएर पैसा कमाउने लालसाहरु पलाउन थाल्यो। त्यसैले १५ वर्षकै उमेरमा काकाको छोरालाई सँगै साथी लिएर घर छोड्नुभयो मोक्तानले। 

घरबाट सिधै काठमान्डु जाने, काठमाडौंबाट फेरी बस चढी विरगन्ज हुँदै भारत पस्ने योजना बनाएर रमाइलो दुनिँयामा रमाउने सपना बोक्दै घर छोड्नुभयो। योजना अनुसार काठमान्डु आइपुगी सुन्धारामा विरगन्जको लागि बसको टिकेट काट्नुभयो। तर बस चढी विरगन्जतिर प्रस्थान गर्न नपाउँदै एकजना गाउँको पुलिसले चिनेर रोकिदियो। पुलिसकै गाडीमा वहाँलाई बनेपासम्मा पुर्याएर छोडिदियो। आखिर घर त विदेशमा पैसा कमाउन जाने भनी छोडि नै सकेको थियो। घर फर्किन लाज लागेको हुनाले घर फर्किनु भएन। केहीदिन दोलालघाट बाह्रबिसे घुमिफिरी फेरी काठमान्डुमै फर्किनु भयो वहाँ। 

फेरी काठमान्डु आइ काम खोज्नुभयो। होटेलमै भएपनी काम गर्न तयार हुनुभयो। धेरै ठाउँमा काम खोज्दा पनि पाउनुभएन। पुर्वेलीहरु चोर हुन्छन भन्दै सबै ठाउँमा काममा लगाउन कसैले चाहेनन। बल्ल बल्ल काकाको छोरालाई एउटा होटेलमा काम मिल्यो तर वहाँले भने कुनै काम पाउनु भएन र भौँतारिँदै हिंड्नुभयो। 

एकदिन ठमेलको सडकको छेउमा राखिएको नाङ्लो पसलमा एक सुकाको भटमास किनेर त्यही पसल छेउमा टुसुक्क बसी खान थालनुभयो। दिन ढल्कँदै गयो। साँझ पर्न थाल्यो तर नाङ्लो पसल छेउमा बस्नुभएको मोक्तान त्यहबाट उठ्नुभएन। पसलको साहुनिलाई टुलुटुलु हेरिरहनु भयो। 

साहुनिले पनि साँझ पर्न थालदा पनि केटो त्यहबाट नउठेपछी सोधपुछ गर्न थालिन। वहाँले पनि आफ्नो नाउँ, गाउँ, काठमान्डुमा काम खोज्न आएको सबै कुरा बताउनुभयो। त्यसपछी ती बुढी आमैलाई साह्रै दया उठेर आयो र काम लगाइदिने कुरा गरिन। संजोगले ती बुढी आमैको भतिजाको त्यही ठमेलमा  पाउरोटी कारखाना रहेछ र भतिजालाई भनी पाउरोटी कारखानामा कममा लगाइदीइन ती बुढी आमैले। यसरी २०२८ सलामा रामकृष्ण पाउरोटी कारखानामा खाएर जम्मा १५ रुपैयाँ पाउने गरी काम गर्न थालनुभयो मोक्तानले त्यहाँ खुब मन लगाएर काम गर्न थालनुभयो। ३ महिनापछी १५ रुपैयाँबाट बढाएर २५ रुपैयाँ तलब पाउन थालनुभयो। 

मोक्तानले त्यस कारखानामा केवल पेट पाल्नको लागि मात्र काम गर्नुभएन। भविष्यमा आफुले पनि यस्तै पाउरोटी कारखाना खोल्ने उद्देश्य वहाँले काम गर्दागर्दै मनभित्र सोच्नुभयो। यही उद्देश्य लिएर पाउरोटी बनाउने सम्पूर्ण विधिहरु सिक्न थालनुभयो। वहाँको भनाइ अनुसार करीब ६ महिना भित्रमा नै वहाँले प्राय: पाउरोटी बनाउने तरिकाहरु सिक्नुभयो। यसबिच वहाँले नेवारी भाषा पन सजिलैसित सिक्नुभयो। 

रामकृष्ण पाउरोटी कारखानामा काम गरेको ६ महिनापछी नरदेवीको तेज बेकरी कारखानामा मिस्त्रिको रुपमा काम गर्न थाल्नुभयो। त्यतिखेर मोक्तानले मासिक १५० रुपैयाँ तलब थाप्नुहुन्थ्यो। 

२०३१ सालतिर फेरी सोल्टी होटेल पछाडि नन्द बेकरी कारखानामा काम गर्न पुग्नुभयो चन्द्रकुमार मोक्तान। त्यस करखानामा काम गर्दा वहाँले ३०० रुपैयाँ पाउनुहुन्थ्यो। 

यसरी वहाँका दिनहरु बित्दै जान थालयो। तर आफुसङ्गै आएको भाईलाई नभेटेको पनि पुग नपुग दुई वर्ष बितिसकेको थियो। काठमान्डुमा कुनै दाजुभाइ त भेटिंदैन थियो नै। आफ्नो भाईलाई पनि नभेट्दा वहाँको मन दुखिरहन्थ्यो। एकातिर भाईसितको विछोडक यो पिडा, अर्कोतिर गीत गाउँने रहरलाई त्यतिकै मनभित्र राख्नुपर्दा वहाँलाई कहिलेकाहीं त कहाली नै लागेर आउँथ्यो। तर अचानक एकदिन बाटोमा हिंड्दै गर्दा भाईलाई भेट्दा वहाँको खुशीको सिमा नै रहेन। 

यसबिच पाउरोटी कारखानामा काम गर्दा एकातिर मोक्तानलाई वाक्क लागेर आउन थालयो। अर्कोतिर आफ्नै कारखाना खोल्ने इच्छा पनि पुँजिको अभावले पुरा हुन सकेको थिएन। त्यसपछी वहाँ Reliable Builders Constraction Company मा मेकानिकल अपरेटरको रुपमा काम गर्न थालनुभयो। त्यस कम्पनिमा वहाँले २०३२ देखी २०३६ सम्मा काम गर्नुभयो र एउटा सर्टिफिकेट लिन पनि सफल हुनुभयो। 

यता बेकरी खोल्ने बारेमा साझेदारिहरुसङ्ग पनि छलफल हुँदै थियो। आखिरमा पार्टनर्शिपमा बेकरी खोल्ने निर्णयमा वहाँ पुग्नुभयो। संयुक्त लगानिमा बबरमहलमा पुरानो बन्द भइराखेको पाउरोटी कारखाना भाडामा लीइ सन्चालन गर्न थालनुभयो। एक वर्षसम्म संयुक्त लगानिमा कारखाना चलाऊनुभए पछी आ-आफ्नै लगानिमा कारखाना खोल्ने पार्ट्नरहरुको सल्लाह भए अनुसार वहाँले कालिमाटी कुलेश्वरमा २०३७ म आफ्नै पाउरोटी कारखाना उद्दोग स्थापना गर्नुभयो। २०४० सालमा जग्गा खरिद गर्नुभै र घर बनाइ त्यसैमा स्थाइ रुपमा उद्दोग सन्चालन गर्नुभयो। जुन अहिलेसम्मा निरन्तर रुपमा चलिरहेको छ। 

यसरी हिजो काठमान्डुमा घरबाट भागेर आइ बस्ने ठाउँको ठेगाना नभएर भोक प्यास सहंदै भौँतारिएर हिंड्ने मोक्तानले आफ्नो जीवनलाई एउटा निश्चित गोरेटोमा डोर्याउन सफल त हुनुभयो नै, यसको साथसाथै द्रिढ आत्मविश्वास लिएर लगनशिल भइ काम गरेमा जीवनमा सुदिन एकचोटी पक्कै आउँछ भन्ने कुराको उदाहरण दिन पनि सफल हुनुभयो। 

मोक्तान आफ्नो पाउरोटी उद्योगको विज्ञापन दिन रेडियो नेपालमा समय समयमा पुग्नुहुन्थ्यो। यही निहुँमा वहाँले गीत गाउँलाई के गर्नुपर्छ भनी सोधपुछ गर्नुहुन्थ्यो। त्यतिखेर वहाँलाई सङ्गितकार गणेश पारीयारले गीत ल्याउन भन्नुभयो र पछी गीत रेकर्ड गर्न पनि प्रशस्तै सहयोग पुर्‍याउनुभएको कुरा वहाँ बताउनुहुन्छ। सबैभन्दा पहिलोचोटी गीत रेकर्ड गर्दाको अनुभवको बारेमा वहाँ यसरी बताउनुहुन्छ "मादल र डम्फुमा बाहेक मैले गीत गाएको थिएन। त्यँहा थुप्रै बाजाहरु देख्दा त मलाई कस्तो कस्तो लाग्यो। झन रातो बत्ती बलेपछी त मलाई सास फेर्न पनि आफ्टेरो लागेको थियो।" 

वहाँको रेकर्ड भएको पहिलो गीत:

हे साइँली हे माइली,
झरिला कमै दोङ्लानाइ,
सिङ्सुर दोसी खाबा ङा, 
मायाल म्हेन्दो म्राङ्जी ङाइ, 

दोस्रो गीत: 

सुनकोशिला महादेउथान, 
सिखरपुरला गणेशथान, 
कान्छीसे ङालाताम आङ्यान्मा, 
माइतिरी निला एला जोवन, 

मोक्तानले प्राय: मायाप्रितीको सेरोफेरो समातेको गीत गाउँउभएको छ। तापनी सबै गीत यही घेराभित्र मात्रा अल्मलिएको भने छैन। गाउँघर लेकवेँशी सुख-दुख, रितिरिवाज जस्ता पाटोलाई पनि वहाँको गीतले राम्रोसँग छोएकोछ। आफ्नो भाई २०३० सालमा विदेश गइ नफर्केको दु:ख, विवहाँ गरी पठाएको बहिनीले पराइ घरमा भोग्नु परेको आफ्नै आँखाले देखेको दु:खहरुलाई पनि गीतको शब्दहरुमा व्यक्त गर्नुभएको छ कलाकार मोक्तानले 

तामाङ गिती क्षेत्रमा नै पहिलो पटक वि. सं. २०२४ सालमा र दोस्रो पटक २०४५ सालमा  तामाङ गितको क्यासेट एल्बम निकालेर तामाङ गीतको पारखिहरुलाई बिर्सी नसक्नु गुन लगाउनुभएको छ। क्यासेट एल्बम निकाल्ने प्रेरणाको कुरा गर्दा वहाँ भन्नुहुन्छ-"जब म शुरुमा काठमान्डु आएँ मैले अन्य भाषाको जस्ताइ आफ्नो भाषाको पनि क्यासेट बजारमा खोजेँ तर पाइएन। यसले मलाई साह्रै चोट पुर्यायो। त्यसैले आफ्नो भाषाको गीतलाई पनि अन्य भाषाको गीतको दाँजोमा उभ्याउने, प्रचार प्रसार गर्ने र संग्रहनिय पनि हुने हेतुले मैले क्यासेट निकाल्लेको हुँ। यही नै मेरो लागि क्यासेट एल्बम निकाल्ने प्रेरणा हो।" 

कलाकार मोक्तान बताउनुहुन्छ-"पहिलोचोटी एल्बम निकाल्न खोज्दा म्युजिक नेपालले बजारमा राम्रो चल्दैन होल, हाम्रो पैसा डुब्छ होल भनी आनाकानी गर्दा यदी त्यस्तो भयो भने म आँफै जिम्मा लिन्छु भनी मैले भनेँ। आखिर पहिलो एल्बम १०/१२ हजार एकदमै छोटो अवधिमा बिक्री भयो। र २०४५ सालमा सम्पूर्ण  व्यवस्था म्युजिक नेपाल आँफैले गरी सजिलैसित दोस्रो एल्बम निकालिदियो।" 

तामाङ गीतको धुनको एल्बम बजारमा हालसम्म नआएको हुनाले २०५२ सालमा वहाँले आफ्नै गीतहरुको धुन समावेश गरी पहिलो पटक "तामाङ काइह्राप" एल्बम निकालिसक्नुभएकोछ। 

कलाकार मोक्तानले हालसालै आधा  दर्जन जती गीत रेकर्ड गरिसक्नु भएको छ र २०५४ साल भित्रै एउटा अर्को एल्बम पनि निकाल्दै हुनुहुन्छ। यसको लगत्तै विवाहको समयमा गाइने गीतहरु 'ब्रेल्बाला ह्वाइ' को क्यासेट पनि निकाल्ने तरखरमा हुनुहुन्छ। यसबाहेक वहाँले २०२४ सालमा आफ्नै सम्पादनमा 'फूलबारी' नामको गिती पत्रीका निकाल्नु भएको थियो। 

काभ्रेपलान्चोक जिल्ला भिङ्खोरी गाविस वडा नं. ८ शिखरपुरमा विं. सं. २०१२ सालमा आपा पूर्ण सिं मोक्तान र आमा चमेली ङेस्युरको कोखमा जन्मनु भएका कलाकार मोक्तानले करिब ६ दर्जन जती लोकगित लगायत रेकर्ड भइसकेका गीतहरुमा आफ्नो सुमधुर आवाज दीसक्नु भएको छ भने अधिकांश गितहरु वहाँ आँफैले सङ्कलन गर्नुभएको पाईन्छ। नेपाल टेलिभिजनमा २०४७ देखी २०५० सम्म 'फुलबारी' कार्यक्रमको सल्लाहकार पनि रहनु भएको थियो। नेपाल टेलिभिजनको पर्दामा वहाँले नै पहिलो पटक तामाङ गीतलाई प्रस्तुत गर्नुभएको थियो। 

धिनी म्हेन्दो तामाङ रिमठिम थेत्माइको संरक्षक, नेपाल डम्फु समाजको संस्थापक सदस्य, तामाङ छोखाङ संघको सदस्य रहनु भएको मोक्तानले सबैभन्दा पहिले तामाङ शब्द राखी राजधानिमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुभएको थियो। यसैगरी २०४१ सालमा भगवान गौतम बुद्धको गितिनाटक 'निर्वाण मार्ग' को पनि वहाँले निर्माण गर्नु भएको थियो। लास्सो थेत्माले यसै वर्ष पहिलोपटक प्रदान गरेको प्रथम  तामाङ पुरस्कार लास्सोद्धारा पनि वहाँ सम्मानित हुनुहुन्छ। 

तीन भाईहरुको दाजु र तीन दाजुहरुको भाई मोक्तानको २०३२ सालमा पहिल्लो विवाह भएको थियो। तर बालबच्चा नभएको हुनाले २०४० सालमा दोस्रो विवाह गर्नुभयो। तर बहुविवाहबाट जीवनमा अहिलेसम्म कुनै समस्या झेल्नु नपरेको कुरा वहाँ बताउनुहुन्छ। 

कलाकार मोक्तान हाल दुई छोराहरु (सगुन र समुद्र) दुई छोरीहरु (ज्योती र तारा) अनी श्रीमतीहरु (सरिता र रिना)को साथमा कालिमाटीमा स्थायी रुपमै बसोबास गर्दै आइरहनुभएकोछ। र चन्द्रमा पाउरोटी उद्द्योगको मालिक हुनुहुन्छ। 

चन्द्र कुमार मोक्तान जस्ता प्रतिभाहरु समय-समयमा जन्मिरहँदैनन। बिरलै मात्र जन्मने यस्ता प्रतिभाहरुको सबै तिरबाट जिउँदो सम्मान हुनुपर्छ र गरिनुपर्छ। यस्ता प्रतिभाहरु त राष्ट्र र समाजलाई चिनाउने अंुल्य गहनाहरु हुन, अमुल्य सम्पत्ति हुन भन्दा अत्युती नहोला। 


(प्रस्तुत सामाग्री लास्सो द्धैमासिक, वर्ष ५, अङ्क १, पूर्णाङ्क ८, २०५४ बाट सभार गरिएको हो।)
स्तम्भ: ,

ह्याङ तामाङ:

ह्याङ तामाङ सामाजिक ब्लग हो। यदी तपाईं पनि यस ब्लगमा आफ्नो विचार लेख रचनाहरु राख्न चाहनुहुन्छ भने हामीलाई ईमेल लेख्नुस्: hyangtamang@ymail.com । अथवा तपाईंसँग ब्लगरको ज्ञान छ भने आफ्नो ईमेल आइडी पठाउनुहोस् हामी तपाईंलाई एडमिन बनाउनेछौँ।